स्यानिटरी प्याडले दिएको रोजगारी

स्यानिटरी प्याडले दिएको रोजगारी

ताप्लेजुङ : ताप्लेजुङको सिरिजंघा गाउँपालिकाका महिलाले महिनावारी भएका बेलामा प्रयोग गरिने स्यानिटरी प्याड बनाउन सुरु गरेका छन्। 

स्थानीय महिलाहरूले समूह नै बनाएर व्यासायिक रूपमा प्याड बनाउन सुरु गरेका हुन्। उनीहरूलाई गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा) ले तालिम दिनुका साथै गाउँपालिकाले अनुदानमा मेसिन उपलब्ध गराएको प्याड उत्पादन सुरु गरेका हुन्। 
 

सिरिजंघा स्यानिटरी प्याड उत्पादन समूहकी सिता लिम्बूका अनुसार यसको बजार व्यवस्थापन पनि पालिकाले नै मिलाइदिएको छ। 

समूहले उत्पादन गरेको प्याड गाउँपालिकाले नै खरिद गरिदिने व्यवस्था गरेको गाउँपालिका अध्यक्ष लालकृष्ण चौहानले बताए। उनका अनुसार समूहलाई पालिकाले अनुदान पनि उपलब्ध गराएको छ। 

अध्यक्ष चौहानले भने- 'बजारको चिन्ता छैन, गाउँपालिका भरिका विद्यालयमा छात्रालाई निःशुल्क प्रदान गरिने कार्यक्रम अन्तर्गत यही उत्पादनको प्रयोग गर्छौँ। यदि यहाँ खपत हुन नसके अन्य पालिकासँग पनि बजारका लागि समन्वय गरिरहेका छौँ।' 

यहाँ उत्पादन गरिएको प्याड बजारमा पाइने भन्दा फरक रहेको लिम्बूले बताइन्। यसलाई ६ महिनासम्म धोएर प्रयोग गर्न सकिने उनको भनाइ छ। 

'स्वास्थ्यको हिसाबले पनि यो लाभदायी हुने रहेछ। हामीले तयार गरेको सामग्री आफैं पनि प्रयोग गरिरहेका छौँ', समूहकी बसन्ती थेबेले भनिन्। समूहमार्फत अहिले दैनिक ७ जना महिलाले प्याड उत्पादन गरिरहेका छन्। 

'स्यानिटरी प्याड उत्पादन गुणस्तरीय तथा राम्रो गरिए बजारको अभाव हुँदैन। जिल्ला बाहिरसमेत निर्यात हुनेछ, महिलाका समस्या पनि समाधान हुनेछन्,' गाउँपालिकाका प्रमूख प्रशासकिय अधिकृत स्काई पोखरेलले भने। 

समूहले तयार गरेको २ हजार ५ सय थान स्यानिटरी प्याड बिक्रीका लागि तयार रहेको बताइएको छ। 

गाउँपालिकाले स्थानीयलाई तालिमसहित अनुदान दिने र उत्पादित सामग्री पालिकाले नै खरिद गर्ने नीति लिएको छ। 

सोही कार्यक्रमअनुसार यस आर्थिक वर्षमा मात्रै स्थानीय उद्यमीले उत्पादन गरेको २ हजार ४ सय मिटर ढाकाको कपडा गाउँपालिकाले खरिद गरिदिएको थियो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.