मोरङका ४ निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनको अग्रता

मोरङका ४ निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनको अग्रता

विराटनगर: प्रदेश नं. १ को मोरङमा प्रतिनिधि सभातर्फको मतपरिणाम अनुसार सत्ता गठबन्धन अग्रतामा देखिएको छ । 

प्राप्त मतपरिणाम अनुसार मोरङका ६ मध्ये ४ निर्वाचन क्षेत्रमा सत्ता गठबन्धन अग्रतामा देखिएको छ। 

मोरङको निर्वाचन क्षेत्र नं. २, ३, ५ र ६ मा गठबन्धनका दलले जित्ने सम्भावना उच्च देखिएको छ। 

मंगलबार साँझ ५ बजेसम्मको प्राप्त मतपरिणाम अनुसार यी निर्वाचन क्षेत्रमा गठबन्धनका कांग्रेस र माओवादी केन्द्रका उम्मेदवार फराकिलो मतान्तरका साथ अग्रतामा छन् । निर्वाचन क्षेत्र नं. १ मा नेकपा एमाले र ५ मा स्वतन्त्र उम्मेदवारको पकड छ ।

प्राप्त परिणाम अनुसार मोरङ २ मा नेपाली कांग्रेसकी सुजाता कोईराला ४ हजार ३७० मतसहित अग्रतामा छन । उनलाई एमालेका ऋषिकेश पोखरेलले ४ हजार ३१३ मतसहित पछ्याईरहेका छन् । मोरङ ३ मा पनि कांग्रेसकै सुनिलकुमार शर्मा फराकिलो मतान्तरका साथ अग्रतामा छन् । 

आफ्ना प्रमुख प्रतिस्पर्धी एमालेका भानुभक्त ढकालभन्दा दोब्बर बढी मत उनले प्राप्त गरेका छन् ।

ढकालले २ हजार ९६ मत प्राप्त गर्दा शर्माले ४ हजार ९७ मत प्राप्त गरेका छन् । राप्रपा उम्मेदवार रेखा थापाले भने १ हजार २८८ मत प्राप्त गरेकी छन् ।

क्षेत्र नं. ४ मा भने नेकपा माओवादी केन्द्रका अमनलाल मोदीले २ हजार ७५४ को फराकिलो मतान्तरका साथ अग्रता कायम राखेका छन्। उनका प्रमुख प्रतिस्पर्धी एमालेका विनोद ढकालले ५ हजार ९३७ मत प्राप्त गर्दा मोदीले ८ हजार ६९१ मत प्राप्त गरेका छन् । 

क्षेत्र नं. ६ मा पनि कांग्रेसकै अग्रता देखिएको छ । सो क्षेत्रमा एमालेका लालबाबु पण्डितले २ हजार ७६८ मत ल्याउँदा कांग्रेसका डा. शेखर कोईरालाले ३ हजार ५४४ मत प्राप्त गरेका छन् । 
राप्रपाका यादव प्रधानले १ हजार ९४ मतसहित पछ्याईरहेका छन् ।

बाँकी रहेका निर्वाचन क्षेत्रमध्ये १ मा एमाले र ५ मा स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डलको अग्रता छ । क्षेत्र नं. १ मा एमालेका घनश्याम खतिवडा ३ हजार ८६२ मतसहित अग्र भागमा छन् । उनका प्रतिस्पर्धी कांग्रेसका डिगबहादुर लिम्बुले ३ हजार ९५ मत प्राप्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका कमल बहादुर श्रेष्ठले १ हजार ७१५ मतसहित पछ्याईरहेका छन् ।

क्षेत्र नं. ५ मा माओवादीका शिवकुमार मण्डलको ह्याट्रिक रोक्दै स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल फराकिलो मतान्तरका साथ अगाडि देखिएका छन् । प्राप्त मतपरिणाम अनुसार शिवकुमार मण्डलले ४ हजार ८१३ मत ल्याउँदा योगेन्द्रले ७ हजार २३६ मत प्राप्त गरेका छन् । जसपाका राजकुमार मण्डलले ४ हजार ५०७ मतसहित पछ्याईरहेका छन् ।
 
७ लाख २५ हजार ५३५ मतदाता रहेको मोरङमा भने ४ लाख ८७ हजार ४७ जनाले मतदान गरेका थिए ।  विराटनगरस्थित आर्दश माध्यमिक विद्यालयमा मोरङको निर्वाचन क्षेत्र नं. ४, ५ र ६ को मतगणना भईरहेको छ । क्षेत्र नं. १ को उर्लाबारी नगरपालिकाको कार्यालय, २ को रतुवामाईस्थित विश्वनाथ माध्यमिक विद्यालय र ३ को बेलबारीस्थित भगवती माध्यमिक विद्यालयमा मतगणना भईरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.