रुपन्देही-४ (१) मा लोसपाका कन्हैया बनिया विजयी
भैरहवा : रुपन्देहीको प्रदेशसभा सदस्य ४ (१) मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का कन्हैया बनिया विजयी भएका छन्। यो प्रदेशसभा मर्चवार क्षेत्र अन्तर्गत पर्छ।
निकटतम प्रतिद्वन्द्वीलाई पाँच हजार आठ सय ८४ मतले पछि पार्दै १५ हजार एक सय ३७ मत प्राप्त गरी बनिया विजयी भएका निर्वाचन अधिकृत देवेन्द्र आचार्यले जानकारी दिए।
रुपन्देही ४ (१) मा कुल ३५ हजार ५ सय ७७ मत खसेको थियो।
निर्वाचन अधिकृत आचार्यका अनुसार बनियाको निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीका जितेन्द्रनाथ शुक्ल (बब्लु) ले ९ हजार २ सय ५३ मत प्राप्त गरे। नेपाली कांग्रेसका अष्टभुजा पाठलले ८ हजार २७ मत प्राप्त गरेका छन्।