कांग्रेसको गढ बाँके–२ मा राप्रपा महामन्त्री राणा विजयी

कांग्रेसको गढ बाँके–२ मा राप्रपा महामन्त्री राणा विजयी

नेपालगञ्ज : बाँके क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टीका डा. धवल शम्शेर राणा विजयी भएका छन्। यो निर्वाचन क्षेत्रमा एमाले र राप्रपाबीच गठबन्धन बनेको थियो। मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत नुमानन्द अधिकारीका अनुसार राणाले २९ हजार ५७७ मत ल्याएर निर्वाचित भएका हुन्। 

उनले जनता समाजवादी पार्टी नेपालका मोहम्मद इस्तियाक राईलाई ६ हजार ५७ मतान्तरले जितेका हुन्। राईले २३ हजार ५२० मत ल्याएका छन्। नेपाली कांग्रेसको गढ मानिएको बाँके क्षेत्र नं. २ मा कांग्रेसका सुदीपनरसिंह राणाले भने चार हजार ४०३ मत मात्र ल्याएका छन्। चौथो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका विनोदकुमार अग्रहरिले एक हजार ३३३ मत ल्याएका छन्। 

बुधबार बिहानसम्म बाँके क्षेत्र नं. १ मा एमालेका सूर्यप्रसाद ढकाल १२ हजार ४२३ मतले नेकपा माओवादी केन्द्रका महेश्वर गहतराज अथक भन्दा अघि छन्। अथकले १० हजार ८८३ मत ल्याएका छन्। त्यसैगरी बाँके क्षेत्र नं. ३ मा कांग्रेसका किशोर सिंह राठौरको अग्रता छ। राठौरले १५ हजार २६९ ल्याएर अग्रता लिएका छन्। उनलाई एमालेका किश्मतकुमार कक्षपतिले १२ हजार ७५० मत ल्याएर पछ्याइरहेका छन्। 

प्रदेशमा २ जसपा र १ एमाले निर्वाचित 

बाँके क्षेत्र नं. ३ (१) प्रदेशसभा सदस्यमा भने नेकपा एमालेका रत्न खत्री निर्वाचित भएका छन्। खत्रीले १३ हजार १५८ मत ल्याएका छन्। स्वतन्त्र उम्मेदवार दलबहादुर सुनारले ११ हजार मत ल्याए। नागरिक उन्मुक्ति पार्टीका चन्तराम थारुले ९ हजार ५४७ मत ल्याए। सोही क्षेत्रबाट निर्वाचित नेकपा माओवादी केन्द्रका इन्द्रप्रसाद खरेलले एक हजार ९९५ मत ल्याएका छन्। 

त्यसैगरी जसपाका आदेशकुमार अग्रवाल बाँके क्षेत्र नं. २ (२) प्रदेश सभा सदस्य निर्वाचित भएका छन्। अग्रवाल नेकपा (एमाले) का निरकबहादुर गुरुङ्गसँग एक हजार ५३७ मतको अन्तरले निर्वाचित भएका हुन्। अग्रवालले ८ हजार २४६ मत र गुरुङ्गले ६ हजार ७०९ मत ल्याएका छन्। 

लुम्बिनी प्रदेशका वन वातावरण तथा भूसंरक्षण मन्त्री सुरेन्द्र हमाल ६ हजार २४७ मत ल्याएर तेस्रो स्थानमा आएका छन्। 
बाँके क्षेत्र नं. २(१) प्रदेशसभा सदस्यमा जसपाका भण्डारीलाल अहिर निर्वाचित भएका छन्।  अहिर ११ हजार ५०४ मत ल्याएर निर्वाचित भएका छन्। उनले एमाले उम्मेदवार विजयबहादुर यादवलाई दुई हजार १४६ मतान्तरले पराजित गरेका छन्। यादवले ९ हजार ३५८ मत ल्याएका थिए। नेपाली कांग्रेसका राजकुमार कुर्मीले आठ हजार ७३१ मत ल्याएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.