मोरङ ४ (१) मा एमालेका चौधरी निर्वाचित
विराटनगर : मोरङको क्षेत्र नम्बर ४ (१) प्रदेशसभामा नेकपा एमालेको जयप्रकाश चौधरी निर्वाचित भएका छन्।
नेपाली कांग्रेसका युवा नेता गुरुराज घिमिरेलाई पराजित गर्दै चौधरी विजयी भएका हुन्।
घिमिरेलाई ४०७ मतअन्तरले पराजित गरी चौधरी निर्वाचित भएका हुन्। चौधरीले १५ हजार ४६५ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी घिमिरेले १५ हजार ५८ मत ल्याएका छन्।
प्रतिक्रिया दिनुहोस !