ताप्लेजुङमा प्रत्यक्ष तर्फको मतगणना सकियो

ताप्लेजुङमा प्रत्यक्ष तर्फको मतगणना सकियो

ताप्लेजुङ: ताप्लेजुङको एक प्रतिनिधि सभा र दुई वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको प्रत्यक्ष तर्फको मतगणना सकिएको छ । 

प्रतिनिधिसभा तर्फको मतगणना सकिए लगत्तै बुधबार साँझबाट दुई वटै प्रदेशसभा क्षेत्रको मतगणना सुरु गरिएको थियो ।  प्रतिनिधिसभा तर्फ नेकपा एमालेका योगेश भट्टराई निर्वाचित भए । उनी प्रतिनिधि सभामा दोस्रो पटक निर्वाचित भएका हुन ।

भट्टराईले गठबन्धन तर्फबाट नेकपा माओवादी केन्द्रका खेलप्रसाद बुडाक्षेत्रीलाइ २०८ मतको अन्तरले पराजित गरेका हुन । कुल खसेको ४८ हजार २ सय ९३ मध्ये भट्टराईले २१ हजार ९४३ मत प्राप्त गरे भने बुडाक्षेत्रीले २१ हजार ७३५ मत प्राप्त गरेका थिए ।

यता प्रदेशसभा क्षेत्रको मत परिणाम अनुसार क्षेत्र (क) मा नेकपा एमालेका तिलकुमार मेन्याङ्बो भारी मत सहित निर्वाचित भएका हुन । गठबन्धनका तर्फबाट नेकपा एकिकृत समाजवादीका खेमबहादुर वनेमलाई ४ हजार ३९ मतको अन्तरले पराजित गरे । 

प्रदेश क मा खसेको खसेको कुल २५ हजार ६७६ मध्ये तिलकुमार मेन्याङ्बोले १२ हजार ७७२ मत प्राप्त गरेका हुन भने वनेमले ८ हजार ७३३ मत प्राप्त गरे ।

त्यसैगरी प्रदेशसभा क्षेत्र (ख) मा भने नेपाली कांग्रेसका खगेनसिं हाङ्गाम निर्वाचित भए । नेकपा एमालेका गोपाल थोप्रालाई १ हजार २ सय ४८ को मतान्तरले पराजित गर्दै हाङ्गाम निर्वाचित भएका हुन् । 

खसेको कुल २१ हजार ८०७ मत मध्ये हाङ्गामले १० हजार ४९६ मत प्राप्त गरे भने थोप्राले ९ हजार २४८ मत प्राप्त गरेको मूख्य निर्वाचन अधिकृत निर्मला योङ्याले जानकारी दिईन् । यता संघ र प्रदेशको प्रत्यक्ष तर्फको मतगणना सकिएसँगै समानुपातिक तर्फको मत गणना गर्ने तयारी भएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.