सिद्धार्थनगरले भन्यो‐प्लाष्टिकजन्य पदार्थ नजलाउनू नत्र कारबाही हुन्छ
भैरहवा : रुपन्देहीको सिद्धार्थनगर नगरपालिका (भैरहवा) ले प्लाष्टिकजन्य पदार्थ नजलाउन आग्रह गरेको छ ।
वातावरण र नागरिकको जनस्वास्थ्यलाई मध्यनजर गर्दै पराल, प्लाष्टिक तथा प्लाष्टिकजन्य पदार्थहरुमा आगो नलगाउन आग्रह गरिएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नवराज पौड्यालले जानकारी दिए ।
पराल, प्लाष्टिक तथा प्लाष्टिकजन्य पदार्थहरु जलाउँदा वातावरण प्रदुषित हुन्छ । वातावरणका साथै नागरिकको जनस्वास्थ्यमा गम्भीर असर पर्ने गरेको चिक्तिसकहरु बताउँछन् ।
‘प्लाष्टिकजन्य पदार्थ जलाउँदा वातावरण प्रदुषित भई जनस्वास्थ्य असर परेको हुँदा उक्त कार्य नगर्नका लागि सूचना जारी गरेर सूचित गरेको छौं,' प्रमुख प्रशासकीय अधिकृत पौड्यालले भने, ‘अटेर गरेमा कानुन बमोजिम कारबाही गर्छौं ।’
प्रतिक्रिया दिनुहोस !
३