प्रक्रिया पुरा गर्न ताप्लेजुङका निजी स्वास्थ्य संस्थालाई १५ दिने म्याद

प्रक्रिया पुरा गर्न ताप्लेजुङका निजी स्वास्थ्य संस्थालाई १५ दिने म्याद

ताप्लेजुङ: ताप्लेजुङका मेडिकल हल तथा औषधी पसललाई जिल्ला अनुगमन समितिले आवश्यक प्रक्रिया पुरा गर्न १५ दिनको म्याद दिएको छ। 

जिल्ला अनुगमन समितिले बुधबार अनुगमन गर्दै ताप्लेजुङका मेडिकल हल र औषधि पसललाई पछिल्लो निर्देशिका अनुसार दर्ता तथा नवीकरण प्रकृया पूरा गर्न समयसीमा दिएको हो।

अनुगमनका क्रममा अधिकांश मेडिकल हल, औषधि पसल, चश्मा घर र दन्त क्लिनिकले पछिल्लो मापदण्ड अनुसारको प्रकृया पूरा नगरेको देखिएकोले ती प्रकृया पूरा गर्न समयसीमा सहित निर्देशन दिइएको बरिष्ठ जनस्वास्थ्य अधिकृत योगराज घिमिरेले जानकारी दिए।

घिमिरेका अनुसार यस्तो प्रकृया पूरा नगरेकालाई आवश्यक सिफारिसका लागि मापदण्ड अनुसारका कागजातसहित ७ दिन स्वास्थ्य कार्यालयमा सम्पर्क राख्न भनिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी टंकबहादुर भट्टराईका अनुसार ताप्लेजुङको फुङलिङ बजारमा सञ्चालित १० वटा मेडिकल, निजी अस्पताल तथा औषधि पसलको अनुगमन गरिएको थियो। अनुगमनका क्रममा केही औषधि पसलमा मापदण्ड विपरीत औषधि र लामखुट्टे मार्न प्रयोग हुने तरल पदार्थ (बिषादी) एकै ठाउँ राखिएकोले त्यस्तो सामग्री तत्काल हटाई व्यवस्थापन गर्न लगाइएको समेत अनुमगन समितिले बताएको छ। यस्तै कतिपय औषधि पसलहरुमा अनुमति विपरीत कष्मेटिक सहितका सामग्री राखेको पाइएकोले त्यसलाई समेत व्यवस्थापन गर्न भनिएको छ।

बरिष्ठ जनस्वास्थ्य अधिकृत घिमिरले एक्सरे सेवा दिईरहेका कतिपय निजी अस्पतालको एक्सरे सेवा मापदण्ड विपरीत रहेको पाइएकोले त्यसलाई तत्काल सुधार गर्न भनिएको बताए। अनुगमन समितिले म्याद सकिएका औषधि बिक्री कक्षबाट बाहिर राखी म्याद सकिएको संकेत जनाई छुट्टै भण्डारण गर्न, सिरिञ्ज लगायतका फोहोरजन्य सामग्रीको उचित व्यवस्थापनमा ध्यान दिन समेत सुझाव दिएको छ । सम्बन्धित स्थानीय तह सहितका निकायमा दर्ता तथा नवीकरण हुनुपर्ने मापदण्डको पूर्ण पालना गर्न समेत अनुगमन समितिले आग्रह गरेको छ। दिइएको समयसीमा भित्र प्रकृया पूरा नगरे थप कडाई गर्ने समितिले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.