लागूऔषधसहित एक पक्राउ

लागूऔषधसहित एक पक्राउ

विराटनगर : मोरङको विराटनगरबाट लागूऔषधसहित प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा मोरङको पथरीशनिश्चरे–२ का २५ वर्षीय विवेक मोते रहेका छन्। 

अस्थायी प्रहरी पोष्ट मटेरुवाबाट खटिएको प्रहरी टोलीले लागूऔषध ओसारपसारका क्रममा बुधबार दिउँसो उनलाई पक्राउ गरेको हो। भारतको जोगबनीबाट नेपालतर्फ पैदल आउँदै गरेको अवस्थामा विराटनगर–१७ स्थित मटेरुवाबाट उनी पक्राउ परेका हुन्। 

शंकास्पद गतिविधिका आधारमा चेकजाँच गर्दा उनको साथमा लागूऔषध भेटिएपछि नियन्त्रणमा लिइएको मोरङ प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पक्राउ परेका मोतेका साथबाट ४९ एम्पुल लुपिजेसिक तथा ५१/५१ एम्पुल एभिल, फेनारगन र डाइजोपाम बरामद गरिएको छ।

प्रतिबन्धित औषधसहित पक्राउ परेका मोतेको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको जनाइएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.