राजनीतिक स्थायित्वका लागि मानसिक रूपमा स्थिर हुनुपर्छ : मन्त्री किराती

राजनीतिक स्थायित्वका लागि मानसिक रूपमा स्थिर हुनुपर्छ : मन्त्री किराती
सुन्नुहोस्

विराटनगर : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले राजनीतिक स्थिरताका लागि मानसिक रूपमा स्थिर हुनुपर्ने आवश्यकता रहेको बताएका छन्। 

विराटनगर विमानस्थलमा बन्न लागेको नयाँ टर्मिनल भवनको शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री किरातीले यस्तो बताएका हुन्। 

नेताहरूको मानसिक अस्थिरताकै कारण नेपालले हालसम्म राजनीतिक स्थायित्व प्राप्त नगरेको उनले जिकिर गरे। 

अहिलेको गठबन्धनको सरकारले स्थायित्व दिने प्रयास गरिरहेको भन्दै उनले यसमा सबैको सहयोग आवश्यक रहेको औंल्याए। 

वर्तमान सरकार आफ्नो एकीकृत कार्ययोजनाबमोजिम अघि बढिरहेको उनले जानकारी दिए। उनले भने, ‘रैथाने संस्कृति त्यागेर विकास सम्भव छैन्। समृद्धिको बाटोमा अघि बढ्न सबैलाई समेटेर लैजानुपर्छ। हामी अहिले त्यही गर्ने प्रयत्न गरिरहेका छौं।’

फरक अन्नपूर्णसँग कुरा गर्दै मन्त्री किरातीले राष्ट्रिय सहमतिका आधारमा नेपालको राष्ट्रपति चयन हुने बताए। वर्तमान सरकार त्यसमा प्रयासरत रहेको उनले दाबी गरे। 

राष्ट्र निर्माण र संविधान रक्षाका निम्ति नेपालका सम्पूर्ण राजनीतिक दल एकठाउँमा आउनुको अन्य कुनै विकल्प नरहेको धारणा उनले व्यक्त गरे।

मन्त्री किराती भने सोमबार विराटनगर विमानस्थलमा निर्माण हुन लागेको नयाँ टर्मिनल भवनको शिलान्यासका लागि विराटनगर आएका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.