राष्ट्रपतिमा दलीय दाउ, कांग्रेसले देखायो प्रचण्डलाई लोभ

राष्ट्रपतिमा दलीय दाउ, कांग्रेसले देखायो प्रचण्डलाई लोभ

सत्तासीन माओवादीबाटै कांग्रेसलाई राष्ट्रपति दिनुपर्ने तर्क आउन थालेपछि कांग्रेसभित्र राष्ट्रपतिका आकांक्षी सल्बलाउन थालेका छन।

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच केही दिनयता लगातार छलफल भइरहेको विषय हो, ‘भावी राष्ट्रपति।’ पुरानो ‘भद्र सहमति’अनुसार राष्ट्रपति आफ्नो पार्टीले पाउनुपर्ने अडानमा एमाले अध्यक्ष ओली छन्। तर, प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको जवाफ पनि उही छ, ‘राष्ट्रपतिमा राष्ट्रिय सहमति गरौं।’

प्रचण्ड र ओलीबीच लगातार छलफल भए पनि ठोस सहमति बन्न सकेको छैन। त्यसैकारण भावी राष्ट्रपति कुन पार्टीको भागमा पर्ला र को–को उम्मेदवार बन्लान् भन्ने अनुमान लगाउन पनि गाह्रो छ। राष्ट्र«पतिका लागि फागुन २५ गते निर्वाचन हुँदैछ। १३ गते मनोनयन गर्नुपर्छ। 

एमाले स्रोतका अनुसार पुस १० गते एमाले र माओवादीबीच ‘भद्र सहमति’ भएको थियो। जसअनुसार माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बन्ने र एमालेले राष्ट्रपति लिने। उक्त सहमतिबाट माओवादी पछि हट्दै गएको एमालेको बुझाइ छ। माओवादी केन्द्रका नेताहरू पनि पुरानो सहमति भन्दा राष्ट्रिय सहमतिमा राष्ट्रपति बनाउनुपर्ने तर्क गर्न थालेका छन्।

शुक्रबार एमाले अध्यक्ष ओली र प्रधानमन्त्री दाहालबीच यसै विषयमा छलफल भए पनि टुंगो लाग्न सकेन। ‘अबको एक/दुई दिनमै राष्ट्रपतिका विषयमा सहमति हुन्छ,’ प्रचण्डले बैठकपछि भने, ‘गठबन्धन भत्किँदैन। गठबन्धनका दलहरू हामी सबै एकै ठाउँमा छौं।’ 

माओवादीका एक नेताका अनुसार ‘राष्ट्रपतिमा राष्ट्रिय सहमति गरौं’ भन्ने अडानमा प्रधानमन्त्री अडिग छन्। कांग्रेसले पनि प्रधानमन्त्रीमा विश्वासको मत दिएकाले राष्ट्रपति कांग्रेसले पाउनुपर्ने पक्षमा प्रचण्ड सकारात्मक छन्। यसैबीच कांग्रेसले राष्ट्रपति पाए पाँचै वर्ष प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गर्ने ‘लोभ’ देखाएको छ। कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले माओवादी पार्टीले राष्ट्रपति निर्वाचनमा आफ्ना उम्मेदवारलाई समर्थन गरे पूर्ण कार्यकाल प्रधानमन्त्रीमा पुष्पकमल दाहाल प्रचण्डलाई स्वीकार्ने प्रतिक्रिया दिएका छन्। 

‘अहिलेको समयले राष्ट्रपतिमा कांग्रेसकै उम्मेदवार माग गरेको छ,’ डा.महतले भने, ‘कांग्रेसले पनि संविधान रक्षाका लागि प्रधानमन्त्रीलाई विश्वासको मत दिएको हो।’ संविधान र परिवर्तन पक्षधर लोकतान्त्रिक व्यक्तिलाई राष्ट्रपति बनाउनुपर्ने तर्क गर्दै डा. महतले भने, ‘राष्ट्रपति कांग्रेसको हुने वा नहुने भन्ने कुरा फरक भएता पनि संविधानको विषय महŒवपूर्ण हो त्यसमा संवेदनशील हुनुपर्छ। संविधान मान्ने सर्वमान्य व्यक्तिलाई सहमति गरेर राष्ट्रपतिमा ल्याउनुपर्छ।’ 

माओवादी केन्द्रका महासचिव देव गुरुङले भने, ‘संविधानको रक्षाका लागि र स्थिर सरकारका लागि पनि राष्ट्रपतिमा सहमति गरौं भन्ने माओवादी पार्टीको प्रस्ताव हो। यसमा हामीले एमालेलाई अलग्याएर सहमति गरौं भनेका हैनौं। एमालेसहितको सहमति गरौं भन्ने हाम्रो एजेन्डा हो।’ राष्ट्रपतिको भूमिकाका कारण पछिल्ला तीन वर्षमा मुलुकमा राजनीतिक अस्थिरता उत्पन्न भएको गुरुङले बताए। ‘भविष्यमा त्यस्तो गल्ती नहोस् भन्नका लागि साझा र सर्वमान्य पात्र होस् भन्ने हामीहरूको भनाइ हो,’ गुरुङले भने। 

कांग्रेस महामन्त्री गगन थापाले राष्ट्रपति एमालेले नपाउने र त्यसैकारण अहिलेको सत्ता गठबन्धन भत्किने बताए। ‘यदि राष्ट्रपतिमा सहमति नजुटेको खण्डमा गठबन्धन भत्किन्छ यसमा कुनै ठूलो कुरा छैन। किनभने एमालेको र अभैm ओलीजीको अहिलेको फोकस भनेकै राष्ट्रपति हो। यसमा कुरा नमिल्नेबित्तिकै गठबन्धन टुट्छ,’ थापाले भने। 


अबको एक/दुई दिनमै राष्ट्रपतिका विषयमा सहमति हुन्छ। गठबन्धन भत्किँदैन। हामी सबै एकै ठाउँमा छौं। 
पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रधानमन्त्री


अहिलेको समयले राष्ट्रपतिमा कांग्रेसकै उम्मेदवार माग गरेको छ। कांग्रेसले पनि संविधान रक्षाका लागि प्रधानमन्त्रीलाई विश्वासको मत दिएको हो। 
डा. प्रकाशशरण महत - प्रवक्ता, कांग्रेस

कांग्रेसकै अर्का नेता प्रकाशमान सिंहले भावी राष्ट्रपति कांग्रेसबाटै बन्ने दाबी गरेका छन्। शुक्रबार सञ्चारमाध्यमसँग कुरा गर्दै नेता सिंहले यस्तो दाबी गरेका हुन्। उनले संसद्को पहिलो दल कांग्रेस भएकाले राष्ट्रपतिमा आफूहरूको दाबी स्वाभाविक रहेको बताए। सिंहले भने, ‘सरकारको स्थिरता र सन्तुलनका लागि पनि कांग्रेसले अघि सार्ने उम्मेदवारलाई बनाउन प्रयास गर्छाैं। तपाईंहरू विश्वस्त हुनुहोस् कांग्रेसकै उम्मेद्ववार राष्ट्रपति बन्नुहुन्छ।’ 
राष्ट्रपतिको विषयमा सत्ता गठबन्धनभित्र खटपट भइरहेका बेला सिंहको दाबीका कारण पनि राष्ट्रपतिमा कांग्रेससँग सहमति जुटेको बुझ्न सकिन्छ। कांग्रेसबाट राष्ट्रपतिको उम्मेदवार को बन्ने विषयमा भने सिंहले खुलाएनन्। 

कांग्रेसमा राष्ट्रपति बन्न आकांक्षीको लर्को 

सत्तासीन माओवादीबाटै कांग्रेसलाई राष्ट्रपति दिनुपर्ने तर्क आउन थालेपछि कांग्रेसभित्र राष्ट्रपतिका आकांक्षी सल्बलाउन थालेका छन। यद्यपि, पार्टीमा यसबारे औपचारिक छलफल भने भएको छैन। महामन्त्री गगन थापाका अनुसार कांग्रेस अहिले ‘पर्ख र हेर’को अवस्थामा छ। राष्ट्रपति उम्मेदवारका लागि वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालगायतका आकांक्षी देखिएका छन्। मनोनयनको मिति नजिकिँदै जाँदा आकांक्षी उम्मेदवार बढ्दै जाने कांग्रेस नेता रामहरि खतिवडाले बताए। 

खतिवडा भन्छन्, ‘संविधानको रक्षा र सुशासनका लागि पनि कांग्रेसले राष्ट्रपतिमा दाबी गर्नु स्वाभाविक हो।’ यसअघि २०७४ सालमा राष्ट्रपतिमा कांग्रेसले लक्ष्मी राईलाई उम्मेदवार बनाएको थियो। यसपालि भने सभापति देउवाको वरिष्ठ नेता पौडेलप्रति सहानुभूति बढी छ। सिटौलालाई राष्ट्रपति बनाउनुपर्ने प्रधानमन्त्री प्रचण्ड पनि सकारात्मक देखिएको नेताहरू बताउँछन्। विगतमा शान्ति सम्झौता र संविधान निर्माणमा खेलेको भूमिकाका कारण प्रचण्ड सिटौलाप्रति सकारात्मक छन्। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.