राष्ट्रपतिमा कसलाई मत दिनेबारे छलफल गर्न रास्वपाको केन्द्रीय कमिटी बैठक बस्‍दै

राष्ट्रपतिमा कसलाई मत दिनेबारे छलफल गर्न रास्वपाको केन्द्रीय कमिटी बैठक बस्‍दै
सुन्नुहोस्

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्री कमिटी बैठक बस्दैछ । राष्ट्रपतिमा कसलाई मत दिने,चितवन–२ मा आगामी वैशाख १० गते हुने उपनिर्वाचनको तयारीलगायत विविध विषयमा छलफल गर्न रास्वपाले अहिले ११ बजेलाई बैठक बोलाएको हो। 

पार्टी कार्यालय वसुन्धारामा बोलाइएको बैठकमा पछिल्लो राजनीतिक समीकरण,राष्ट्रपति निर्वाचन र चितवन–२ को उपनिर्वाचनबारे छलफल हुने रास्वपाका उपाध्यक्ष डोलप्रसाद अर्यालले जानकारी दिए।

राष्ट्रपतिमा नयाँ गठबन्धनबाट नेपाली कांग्रेसका तर्फबाट वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेबाट सुवास चन्द्र नेम्बाङले मनोनयन दर्ता गराएका छन्।

कांग्रेस उम्मेदवार पौडेलले शनिबार रास्वपाका सभापति रवि लामिछानेलाई भेटेर आफूलाई सहयोग गर्न आग्रह गरेका थिए। यता नेकपा एमालेले रास्वपालाई पत्र पठाएर  आफ्ना उम्मेदवारलाई मतदान गर्न आग्रह गरेको छ।

गत पुस १० मा बनेको सात दलीय सत्तागठबन्धन भत्किएर राष्ट्रपति निर्वाचनमा आठ दलीय गठबन्धन बनेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’नेतृत्वको सरकार बन्दा रास्वपाले समर्थन गरेकोमा सरकारबाट बाहिरिए पनि अहिलेसम्म समर्थन भने फिर्ता लिएको छैन ।

राष्ट्रपतिको निर्वाचनका लागि कांग्रेस वा एमालेका उम्मेदवारको प्रस्तावक वा समर्थकमा रास्वपा बसेको छैन ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.