सांसदको घुस प्रकरण : राष्ट्रिय स्वतन्त्र पार्टीले सार्‍यो केन्द्रीय समितिको बैठक

सांसदको घुस प्रकरण : राष्ट्रिय स्वतन्त्र पार्टीले सार्‍यो केन्द्रीय समितिको बैठक

काठमाडौं : सांसदको घुस प्रकरणबारे छलफल गर्न बोलाइएको राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक सरेको छ। बुधबार बिहान ९ बजे बोलाइएको केन्द्रीय कमिटी बैठक दिउँसो २ बजेका लागि सारिएको रास्वपाका महामन्त्री एवम् प्रवक्ता मुकुल ढकालले जानकारी दिए। 

प्रवक्ता ढकालले केन्द्रीय समितिको निर्णय पत्रकार सम्मेलन गरी जानकारी दिने बताए। उनले भने, ‘केन्द्रीय समितिको निर्णय पत्रकार सम्मेलन गरी जानकारी गराइन्छ। साथीहरू निर्वाचन क्षेत्रमा छरिएकाले बैठक सार्न परेको हो अन्य कुनै कारण छैन।’

उनका अनुसार आइतबार रास्वपाले अडियो प्रकरणबारे सत्यतथ्य छानबिन गरी तीन दिनभित्र केन्द्रीय समितिमा प्रतिवेदन पेश गर्न पार्टीको केन्द्रीय अनुशासन तथा आचरण समितिलाई निर्देशन दिएको थियो। श्रेष्ठले सोमबार लिखित स्पष्टीकरण बुझाएको र मंगलबार उनीसँग समितिले बयान लिएपछि प्रतिवेदन सभापति समक्ष बुझाइएको हो।

आजको बैठकमा घुस प्रकरण र समसामयिक विषयमा छलफल हुनेछ। श्रेष्ठलाई कारबाहि गर्ने/ नगर्ने निर्णय बैठकले गर्नेछ। अनुशासन समितिसँगको बयानमा सांसद श्रेष्ठले अडियो आफ्नो नभएको दाबी गरेका छन्।

स्वास्थ्य मन्त्री बन्नका लागि व्यवसायी दुर्गा प्रसाईसँग घुस मागेको अडियो सार्वजनिक भएपछि रास्वपाले श्रेष्ठलाई छानबिन पूरा नहुन्जेलसम्मका लागि सांसद तथा पार्टीको साधारण सदस्यको हैसियतले कुनै पनि काम नगर्न निर्देशन दिएको छ। रास्वपाले घुस मागेको अडियो सार्वजनिक भएपछि श्रेष्ठलाई साधारण सदस्य समेत नरहने गरी निलम्बन गरेको छ । 

सांसद श्रेष्ठले आफू स्वास्थ्य मन्त्री बन्न व्यापारी प्रसाईसँग २ करोड घुस मागेको अडियो सार्वजनिक भएको हो। अडियो सार्वजनिक भएपछि रास्वपाको चर्को आलोचना हुन थालेको छ।

यता साथी किसान सहकारी संस्थामा आफू अध्यक्ष हुँदा झन्डै १ करोड रकम हिनामिना गरेको आरोप श्रेष्ठलाई लागेको छ। पदबाट हट्दै गर्दा डा. श्रेष्ठले नयाँ कार्यसमितिलाई हिसाब नबुझाई जिम्मेवारीबाट पन्छिएकोसमेत आरोप छ। 

रास्वपाबाट समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य बनेका डा. श्रेष्ठ पोखरा २४ कास्कीकोटका बासिन्दा हुन्। उनको पोखरा पृथ्वीचोकमा शुभबिहानी क्लिनिक छ। उनी यसअघि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा पनि कार्यरत थिए। उनी विभिन्न पेसा व्यवसायमा आबद्ध छन्। 
 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.