हार स्वीकार्दै गोविन्द भट्टराईले भने- आफूलाई अब्बल प्रमाणित गर्न सकिनँ

हार स्वीकार्दै गोविन्द भट्टराईले भने- आफूलाई अब्बल प्रमाणित गर्न सकिनँ

तनहुँ : तनहुँ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको लागि नेपाली कांग्रेसबाट उम्मेदवार बनेका गोविन्द भट्टराईले हार स्वीकारेका छन्। सोमबार साँझ सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै भट्टराईले हार स्वीकार गर्दै आफूलाई अब्बल प्रमाणित गर्न नसकेको उल्लेख गरेका छन्। 

उनले भनेका छन्, ‘सायद, मेरो तपाईँप्रतिको विश्वास पूरा गर्न आफूलाई अब्बल प्रमाणित गर्न सकिनँ। यसले मलाई तपाईँको विश्वास योग्य बनाउन अझ प्रयास गर्नुपर्ने पृष्ठपोषण गरेको छ। तपाईंहरूको जनादेशलाई शिरोपर गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।’

उनले आफूलाई विश्वास गरेर सधैं सकारात्मक प्रतिक्रिया र उत्साह दिँदै मत दिएकोमा आफ्ना शुभेच्छुकहरूलाई आभार प्रकट गरेका छन्। पदमा नरहे पनि जनताको पीडाले सधैं छोइरहेको भन्दै ठूला आदर्शभन्दा जनताको व्यवहारिक समस्या समाधानलाई आदर्श मानेर बीपीको समाजवादबाट प्रेरित भएर चार दशक लामो यात्राका क्रममा जनतासँग जोडिएको बताएका छन्।

उनले भने, ‘हुन त पदलाई मैले कहिल्यै प्राथमिकतामा राखिनँ। पदमा नरहे पनि तपाईँको पीडाले मलाई छोइरह्यो। ठूला आदर्शभन्दा तपाईँको व्यवहारिक समस्या समाधानलाई आदर्श मानेर बीपीको समाजवादबाट प्रेरित भएर चार दशक लामो यात्राका क्रममा तपाईँसँग रहेको हुँ। मलाई विश्वास गरेर सधैं सकारात्मक प्रतिक्रिया र उत्साह दिएर मप्रतिको विश्वास मतमार्फत् प्रकट गर्नुहुने तपाईं सबैप्रति आभार प्रकट गर्दछु।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.