लन्डनमा नेपालकै झल्को दिने ‘गुथि भ्वय’

लन्डनमा नेपालकै झल्को दिने ‘गुथि भ्वय’
सुन्नुहोस्

लन्डन : लन्डनमा नेवारी परम्परा र संस्कृति झल्काउने मौलिक शैलीको नेवारी भोज (गुथि भ्वयः) गरिएको छ। 

पासा पुचः गुथि साउथ इष्ट लन्डनको आयोजनामा शनिबार वुल्लीचमा सम्पन्न भोजमा करिब तीन सय बेलायतवासी नेपाली स्वादिष्ट नेवारी परिकारमा रमाएका छन्। 

नेवा परम्पराअनुसार सञ्चालन गरिएको भोजका सहभागीले पलेटी कसेर पातको टपरीमा विभिन्न ३२ परिकारको स्वाद लिएका थिए। साथमा परम्परागत शैलीमा तयार गरिएका ऐला र थों पनि थिए। भोजमा पस्किएका सबै परिकार र पेय पदार्थसमेत आयोजक पासा पुचः साउथ इष्टका सदस्यहरुले घरमै तयार गरेका थिए। 

null

भोजको सुरुमा परम्पराअनुसार समाजका ज्येष्ठ सदस्यहरु एवम् विशेष अतिथिहरुलाई ‘नाय्’ बनाइएको थियो। उनीहरूलाई धिमेबाजा र धुपबत्तीले स्वागत गर्दै भोज हलमा पुर्‍याइएको थियो। आसन ग्रहणपछि ‘नाय्’हरूलाई फेटा बाँधेर सम्मान गरिएको थियो। 

भोजको परम्पराअनुसार ‘नाय्’हरुलाई खसीका टाउकोका आँखा, कान, जिब्रो, बंगारा, लगायतका विभिन्न अंगका परिकारहरु दिइएको थियो। कार्यक्रममा प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले भोजमा सहभागी भइरहंदा आफूले काठमाडौंमै रहेको अनुभूति गरेको सुनाए। 

null
भोजको माध्यमबाट नेपालको मौलिक संस्कृति र परम्परा जस्ताको तस्तै बेलायतमा भित्रिएकोमा उनले खुशी व्यक्त गरे। भोजले सांस्कृतिक पुस्तान्तरणसमेतमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै राजदूत आचार्यले आयोजकलाई धन्यवाद दिए। 

स्थानीय रोयल ग्रीनवीच बरोका उपमेयर जीत रानाभाटले पासा पुचः यूकेले बेलायतमा नेपाली संस्कृतिको जगेर्नामा प्रशंसनीय कार्य गर्दै आएको बताए। परम्परागत शैलीमा आयोजित नेवाः भ्वय नयाँ पुस्तालाई मौलिक संस्कृति सिकाउने प्रभावकारी अवसर रहेको भन्दै उनले यसको निरन्तरताको लागि आग्रह गरे। 

null

त्यसअवसरमा गायक योगेश्वर अमात्यले लन्डनमा पनि परम्परागत शैलीको नेवा भोजमा रमाउन पाउँदा खुशी लागेको अनुभव सुनाए। आयोजक पासा पुचः गुथि साउथ इष्ट लन्डन अध्यक्ष माधवलाल श्रेष्ठले भोजमा सहभागी सबैलाई धन्यवाद व्यक्त गरेका थिए। 

बेलायतमा परम्परागत शैलीमा भोज तयार गर्नु सजिलो नरहेको तर परम्परा जोगाउने उद्धेश्यमा संस्थाका सदस्यहरु एक भएर जुटेपछि वर्षेनी भोज सम्भव हुंदै आएको उनले बताए। 

null

पासा पुचः गुथि यूकेका अध्यक्ष सुशील प्रजापतिले बेलायतमा छैटौं पटक नेवा भ्वय: आयोजना गरिएको बताए। भोजमा युवा सहभागिता बढाउने लक्ष्यसहित भोजमा युवालाई निशुल्क प्रवेश दिएर स्वयम्सेवकका रूपमा परिचालन गरिएको उनले जानकारी दिए।

भोजको संयोजन सत्य प्रजापतिले गरेका थिए भने ईश्वर महर्जन, कृष्ण वैद्य, सोहन सुवाल, राजु श्रेष्ठलगायतले परिकार व्यस्थापनमा सहयोग गरेका थिए।

null

बेलायतमा नेवा परम्परा र संस्कृति प्रवर्द्धनमा सक्रिय पासा पुचः गुथिले वर्षेनि म्हःपूजा, बिस्केटजात्रा लगायतका सांस्कृतिक परम्परालाई निरन्तरता दिंदै आएको छ। 

 null

null

null


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.