कोसी सरकारले विश्वासको मत प्राप्त गर्छ : ऊर्जामन्त्री सुनुवार

कोसी सरकारले विश्वासको मत प्राप्त गर्छ : ऊर्जामन्त्री सुनुवार

धनकुटा : कोसी प्रदेशका खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री प्रदीप सुनुवारले प्रदेश सरकारले विश्वासको मत प्राप्त गर्ने दावी गरेका छन्। 

शनिबार नेपाली कांग्रेस धनकुटा नगर समितिले सञ्चालन गरेको आन्तरिक विशेष अभियान अन्तर्गत पहिलो चरणको समापन कार्यक्रममा बोल्दै मन्त्री सुनुवारले विश्वासको मत पाएपछि सरकार २ वर्षसम्म चल्ने बताए। 

विश्वासको मत प्राप्त गरेपछि २ वर्षसम्म अविश्वासको प्रस्ताव राख्न नपाउने संवैधानिक व्यवस्था रहेको उनले बताए। उनले गठबन्धनको ४७ सिटसहित ५१ प्रतिशत भएर यो सरकार बनेको र त्यही आधारमा विश्वासको मत पाउने बताए। 

विश्वासको मतका विषयमा राप्रपा र एमालेसँग कुरा भइरहेको र मत लिने बेलासम्ममा विश्वासको मत दिने विश्वास रहेको उनको भनाइ छ।  

मन्त्री सुनुवारले उपसभामुखले राजीनामा दिँदा पनि एमाले र राप्रपाको ४६ सिट मात्रै हुने हुँदा र उपसभामुखले नै सभामुख चलाउन पाउने हुँदा एमालेले उपसभामुखको राजीनामा नगराउने विश्वास रहेको बताए।    


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.