...अनि शान्त बन्यो वीरगन्ज बालसुधार गृह

...अनि शान्त बन्यो वीरगन्ज बालसुधार गृह
बुधबार वीरगन्ज बालसुधार गृहमा प्रदर्शन गर्दै बालकैदीहरु।
सुन्नुहोस्

वीरगन्ज : भक्तपुरबाट सरुवा गरेर ल्याइएका बाल कैदीहरुलाई निकालिएपछि वीरगन्जस्थित बाल सुधार गृहको तनाव साम्य भएको छ। बाल सुधार गृहकै गेट अगाडि बुधबार अपरान्ह स्थानीय प्रशासन र प्रदर्शनकारी बालकैदीहरूबीच बुधबार अपरान्ह ४ बजे वार्ता भएको थियो। 

वार्तामा भएको सहमति अनुसार प्रहरीले भक्तपुरको बालसुधार गृहबाटबाट ल्याएर राखिएका १८ जना बाल कैदीहरुलाई निकालेर जिल्ला प्रहरी कार्यालयमा लगेपछि मंगलबार रातिदेखि तनावग्रस्त बनेको बाल सुधार गृहको अवस्था साम्य भएको हो। 

बाल सुधारबाट निकालिएका भक्तपुरका ती १८ बालकैदीहरूलाई तत्कालका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको पर्साका प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिए। उनले भने, ‘उनीहरूकै कारण बाल सुधार गृहमा बाल कैदीहरूबीच विवादको सुरुवात भइ झडप र ताडफोड भएको थियो। त्यसका कारण तत्कालका लागि तनाव साम्य पार्न उनीहरूलाई प्रहरी कार्यालयमा ल्याएर राखेका छौं। यसपछि उनिहरुलाई कहाँ पठाउने विषयमा माथिको आदेशअनुसार निर्णय लिन्छौं। 

null

वार्तामा वीरगन्ज बाल सुधार गृहमा मंगलबार रातिदेखि तोडफोड र ढुङ्गामुढा गर्दै प्रदर्शनमा उत्रिएकामध्ये २० जना बालकैदी, पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, प्रहरी उपरीक्षक शाह, सशस्त्र प्रहरी उपरीक्षक सुमन बज्राचार्य, वीरगन्ज महानगरपालिका अन्तर्गतको बाल कल्याण गृहकी प्रमुख साबित्री भण्डारी, मानवअधिकारकर्मीको सहभागीता थियो। 

वार्ताका क्रममा प्रदर्शनकारी बालकैदीहरूले तीन सातापहिले भक्तपुर बाल सुधार गृहबाट ल्याएर राखिएका १८ जना बालकैदीहरुले आएको दिनदेखि नै आफूहरूमाथि दुर्व्यवहार र कुटपिट गरेकाले उनट्ठहरुलाई तत्काल अन्यत्र पठाउन माग गरेका थिए। 

बालकैदीहरू भन्छन्- यो सुधार गृह होइन, यातना गृह हो 
त्यस्तै उनीहरूले यसअघिका चौकीदार (नाइके) बालकैदी गुड्डु यादवलाई कारबाही गर्न पनि माग गरे। गत जेष्ठ १५ गते राष्ट्रपतिबाट माफी पाएर रिहा भएका यादवले आफूहरूलाई यातना दिएको, बासी खाना खुवाउने गरेको, खान नमाने कुटपिट गर्र्ने गरेको, यादवको उर्दी नमान्दा आफुहरुलाई पिसाबसमेत खुवाएको, आफन्त भेट्न आउदाँ पैसा असुल्ने गरेको लगायतका काम गरेकाले उनलाई पुन पक्राउ गरू कारबाही गर्न उनीहरूले माग गरे। 

null

अहिले पनि सुधार गृहमा कानुनले उपलब्ध गराएको सम्पूर्ण सुविधा नपाएको, खानाको मात्रा पर्याप्त र गुणस्तरीय नभएको, एउटै कोठामा १६/१७ जनालाई कोचेर राखिएको, सुरक्षाका लागि खटिएका प्रहरीले गालीगलौज र दुर्व्यवहार गरिरहेको, बिरामी पर्दा औषधी उपचार पाउन नसकेको ,शौचालय र सफा खानेपानीको व्यवस्था नभएकाले यी सबैको व्यवस्थापन गरिदिनुपर्ने माग पनि उनीहरूले राखे।

बालकैदीहरूले राखेका यी सबै माग सम्बेधन गर्न पर्साका प्रजिअ हिरालाल रेग्मीले पहल गर्ने प्रतिबद्धता व्यक्त गरेपछि आन्दोलनरत बालकैदीहरु प्रदर्शन स्थगीत गरि अपरान्ह साढे ४बजेपछि देखि बालगृह भित्र फर्किएको बाल सुधार गृहका प्रमुख टिकाकृष्ण काफेलेले बताए । वार्तामा प्रजिअ रेग्मीले अबदेखि प्रत्येक महिनाको २७ गते सुधार गृहको अनुगमनमा आफै आउने प्रतिबचतापनि जनाएको काफलेले बताए । उनले भने, ‘सिडिओ सा’बले प्रत्येक महिनाको २७ गते सुधार गृहको अनुगमनमा गर्ने भन्नु भएको छ । अनुगमनका क्रममा बालकैदीहरूलाई आफ्नो गुनासो राख्ने उहाँले आग्रहपनि गर्नुभयो,’ ।

प्रदर्शन र तोडफोडबाट १ करोडको क्षति
प्रमुख काफलेले मंगलबारराति देखि बालकैदीहरूले तोडफोडसहित गरेको प्रदर्शनका क्रममा सुधार गृहमा झन्डै एक करोड रुपैयाँ बराबरको क्षतिपनि भएको बताए। क्षतिको विस्तृत विवरण नआए पनि झन्डै एक करोड रुपैयाँ बराबरको अनुमानित क्षति भएको उनले बताए। उनले भने, ‘सुधार गृह भित्रका विभिन्न पर्खाल, ढोका, झ्याल, ग्रिल खाने पानीको ट्याङ्की, चापाकल, भान्साको सामान, बालकैदीहरू सुत्ने खाट, बिछ्यौना लगायतमा क्षति पुगेको छ,क्षतिको तथ्यांक संकलन गरिरहेका छौं।’

null

काफ्लेका अनुसार मंगलबारराति ८ बजेतिर बाल सुधार गृहमा सुरुमा भक्तपुरबाट ल्याइएका बालकैदीहरुले पहिलेदेखि यहाँ रहेका बालकैदीहरुसंग शौचालय प्रयोगको विषयलाई विवाद गरेका थिए। त्यही विवादले उग्र रुप लिएपछि दुवै पक्षबीच झडप भएको थियो । झडपमा भक्तपुरबाट ल्याइएकामध्ये १० र यहाँका एक गरि ११ जना बालकैदी घाइते भएका थिए। त्यसपछि स्थिती नियन्त्रणमा लिन गएको प्रहरीमाथि भित्रबाट बालकैदीहरुले हानेको ढुङगाले लागेर तीन जना प्रहरीपनि घाइते भएका थिए।

बाल सुधार गृहका प्रमुख काफलेका अनुसार, तीनसाता पहिले भक्तपुरको बाल सुधार गृहमा उत्पात मच्चाएकामध्ये १८ जना बालकलाई वीरगन्जको बाल सुधार गृहमा ल्याएर राखिएको थियो। वीरगन्जको बालसुधार गृहमा पहिलेदेखि नै १३१ जना बालकैदी थिए। तीनसाता पहिले भक्तपुरबाट थप १८ जना बालकैदीलाई ल्याएर राखिएको थियो। तर उनिहरुले यहाँ नबस्ने भन्दै विरोध जनाउँदै आएका थिए। त्यहि विषयलाई लिएर उनिहरुले मंगलबार बेलुकी सुधार गृहका चौकीदार (नाइके) ललीत भुजेलसंग विवाद गरी अन्यलाईपनि कुटपिट गरेपछि सुधार गृह तनावग्रस्त बनेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.