सरकारले एनसेल खरिद बिक्रीको छानबिन गर्ने

सरकारले एनसेल खरिद बिक्रीको छानबिन गर्ने
सुन्नुहोस्

काठमाडौं : दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको विदेशमा भएको खरिद–बिक्री जालसाझीपूर्ण भएको सत्तारूढ गठबन्धनले निश्कर्ष निकालेको छ। यस विषयमा तत्काल समिति बनाएर सरकारलाई छानबिन गर्न गठबन्धनले सुझाव दिएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार सत्तागठबन्धनका नेताहरूसँग एनसेल खरिद बिक्रीका विषयमा छलफल गरेका थिए। एनसेल खरिद बिक्रीबारे छानबिन गर्नुपर्नेमा दलहरू एकमत भएको नेताहरूले बताए।

सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले एनसेलका विषयमा सरकारले लिएको डिसिजन राम्रो भएको भन्दै गठबन्धनका नेताहरूले पनि समर्थन जनाएको बताइन्। मन्त्री शर्माले छानबिन समिति के कस्तो बनाउने भन्नेबारे आगामी मन्त्रिपरिषद्को बैठकले निर्णय गर्ने बताइन्। 

कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले मुलुकको कानुनअनुसार एनसेल खरिद बिक्री नभएको भन्नेमा नेताहरूबीच समझदारी बनेको बताए। ‘सेयर खरिद बिक्रीको कुरा शंकास्पद रहेकाले छानबिन गरिनुपर्छ भन्नेमा सबै नेताहरूले जोड दिनुभयो,’ लेखकले भने । 

उनले भने, ‘एनसेलको सेयर खरिदबिक्री लगायतका जुन कुराहरू आएका छन्। यो कुराहरू अत्यन्त गम्भीर छन्। नेपालको कानुनबमोजिम नेपाल सरकारको सम्बन्धित निकायको स्वीकृति लिएर गर्नुपर्ने जुन बाध्यात्मक कानुनी व्यवस्था छ, त्यस अनुकूल भएका छैनन्। जति पनि गतिविधि भएका छन् ती शंकास्पद छन्।’ 

प्रधानमन्त्रीले पनि यस विषयलाई गम्भीरतापूर्वक लिएको लेखकले बताए। ‘सरकारले यसलाई गम्भीरतापूर्वक लिएको छ,’ उनले भने, ‘एनसेलको सेयर खरिदबिक्री बारेमा जे जति कोणबाट प्रश्नहरू उठेका छन्। यी गम्भीर र जायज छन्। यसका बारेमा सरकारले तत्काल छानबिन गर्नुपर्छ र सूक्ष्म ढंगले यसमा गहिरो अध्ययन गर्नुपर्छ, आजको विषय यही नै थियो।’ 

माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले मन्त्रिपरिषद् बैठकले पनि यसमा आवश्यक निर्णय गर्ने बताए। ‘सरकारका निकायहरूले यसलाई गम्भीरतापूर्वक लिएर यसमा छानबिन र अध्ययन गर्ने कुरामा सरकार र गठबन्धन तयार छ,’ उनले भने। देशको अधिकतम हितमा हुने गरी अध्ययन तथा छानबिन गर्ने सहमति बनेको जानकारी दिए।

‘एनसेलको विदेशमा भएको खरिदबिक्री स्वाभाविक पाइँदैन भन्ने थियो। जालसाझीपूर्ण देखिएकाले गहिराइमा पुगेर अध्ययन तथा छानबिन गर्नका लागि प्रधानमन्त्रीले सहमति जुटाउनुभयो।’

बैठकमा गठबन्धनका नेताहरू सँगै एनसेल बारेका विषय स्पष्ट पार्नका लागि सम्बन्धित विभागका कर्मचारीलाई पनि थिए। त्यहाँ उपस्थित उच्च पदस्थ
विभागीय कर्मचारीहरूले एनसेलको सेयर खरिदबिक्रीको प्राविधिक र कानुनी पाटोबारे जानकारी गराएका थिए। 
 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.