एमालेको संकल्प यात्राको टोली वसन्तपुरमा

एमालेको संकल्प यात्राको टोली वसन्तपुरमा
सुन्नुहोस्

धनकुटा : झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिको लागि संकल्प यात्रा धनकुटा हुँदै तेह्रथुम प्रवेश गरेको छ। 

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसहितको टोली भोजपुर र धनकुटाको सीमा क्षेत्र लेगुवा हुँदै धनकुटा प्रवेश गरेको थियो। लेगुवा प्रवेश गरेको टोलीलाई स्थानीय बासिन्दा, कार्यकर्ता तथा शुभेच्छुकहरूले स्वागत गरेको थियो। लेगुवाबाटदेखि अहिले पाख्रिबास, हिले, सिँधुवा हुँदै तेह्रथुमको वसन्तपुर आइपुगेको थियो। वसन्तपुरमा सभा गरिएको थियो।
 

यात्राको क्रममा धनकुटाको पाख्रिबासमा आयोजित कृषि अन्तरक्रिया कार्यक्रममा अध्यक्ष ओलीले धेरै कुरामा कमीकमजोरी रहेको बताउँदै कृषिमा ६० प्रतिशत जनता कृषिमा रहेकोले आयात रोकेर आत्मानिर्भर हुनुपर्ने बताए।

सबैको जीवनदाता कृषि भएकाले यसमा आत्मनिर्भर हुनुपर्ने उनको भनाइ छ। अध्यक्ष ओलीले कृषिमा प्रविधिको विकास गर्नुपर्ने बताउँदै माटोको परीक्षण गरेर खेती बताए। उनले आफू नेतृत्वको सरकारले मेरो कित्ता कार्यक्रम सुरु गरेर काम गर्न सुरु गरेको भए पनि निरन्तरता नभएको बताए।

यात्राको क्रममा अध्यक्ष ओलीले धनकुटाको हिलेमा निर्माण गरिएको हिले पार्क उद्घाटन समेत गरेका थिए। उक्त पार्क २०७७ सालमा ६५ लाखको लागतमा निर्माण गरिएको थियो। 

null

त्यसैगरी लेगुवामा अध्यक्ष ओलीलाई अवरोध गर्न खोज्ने एक जना स्थानीय युवालाई नियन्त्रणमा लिएको छ। स्वागतको लाइनमा बसेका स्थानीय महेश राईले अभद्र ब्यवहार गर्न खोजेको भन्दै नियन्त्रमा लिएको धनकुटाको डीएसपी राजबाबु महर्जनले जानकारि दिए। 

यसैबीच पहिचानवादीले अवरोधन गर्नसक्ने भन्दै धनकुटाको सुरक्षा ब्यवस्था कडा बनाइएको प्रहरीले जनाएको छ। कार्यक्रमलाई अवरोध पुरयाउनसक्ने भन्दै बुधबार लेगुवाबाट नौं जना पहिचानवादीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.