छोरी जन्माउन पालिकाको प्रोत्साहन : खातामै जम्मा हुन्छ ५ हजार

छोरी जन्माउन पालिकाको प्रोत्साहन : खातामै जम्मा हुन्छ ५ हजार
शिशु र आमासहित उपप्रमुख हेमा न्यौपाने। तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

स्याङ्जा : गल्याङ नगरपालिकामा ‘नगरकी छोरी’ कार्यक्रम कार्यान्वयनमा आएको छ। महिला सशक्तिकरण अभियानअन्तर्गत छोरी जन्माउन प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सुरु गरिएको हो।

चालु आर्थिक वर्षको साउनयता जन्मिएका छोरीका लागि नगरपालिकाले ५ हजार नगद जम्मा गरिदिँदै आएको छ। सो नगद भने ती शिशु १८ वर्ष पुगेपछि मात्रै झिक्न मिल्ने व्यवस्था छ। 

उपप्रमुख हेमा न्यौपानेले गल्याङ् ३ का मिना दर्जीका ८ दिने छोरीको नाममा गरिमा विकास बैंकमा खाता खोलेर अभियानको सुरुवात गरिन्। उनले भनिन्, ‘पालिकाले महिला सशक्तिकरणमा पक्षमा सकारात्मक छ। गर्भावस्थादेखि नै शिशु स्याहारका लागि अण्डा वितरण, सुत्केरी भेटघाटसहित कार्यक्रम गर्र्दे आएको छ।’

व्यवहारिक रुपमा महिला र पुरुषबीचको विभेदको अन्त्य गर्न सहयोग पुर्‍याउने उद्देश्यले अभियान सुरु गरिएको नगर प्रमुख गुरुप्रसाद भट्टराईले जानकारी दिए।   


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.