स्वास्थ्य शिविरमा ४ हजार बढी लाभान्वित
स्याङ्जा : जिल्लाको चापाकोट नगरपालिकाले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट झण्डै ४ हजार ४ सय जना प्रत्यक्ष लाभान्वित भएका छन्।
पुसको दोस्रो हप्तादेखि सुरु भएको शिविर पालिकाभित्रका सबै वडामा पुगेर सञ्चालन गरिएको थियो।
स्वास्थ्य परीक्षण, भिडियो एक्स–रे, ईसीजी, परिवार नियोजन, आँखा परीक्षण, दाँत परीक्षण, पाठेघरको मुखको क्यान्सर परीक्षण, आयुर्वेद सेवा, प्रयोगशालाको उपलब्धता लगायत औषधि वितरण लगायतका सेवा निःशुल्क उपलब्ध गराएको नगरप्रमुख देवबहादुर खाँणले जानकारी दिए।