गुणस्तरीय काम गर्न शहरी विकास मन्त्रीको निर्देशन

गुणस्तरीय काम गर्न शहरी विकास मन्त्रीको निर्देशन
सुन्नुहोस्

धनकुटा : शहरी विकास मन्त्री सीता गुरुङले आफ्नो मातहतका कर्मचारीहरूलाई काम छिटो सक्न भन्दा पनि गुणस्तरमा ध्यान दिन निर्देशन दिएकी छन्।

 
कोशी पहाडी जिल्लाका विभिन्न स्थानमा सञ्चालित आयोजनाको अनुगमन गरेर फर्किने क्रममा बुधवाबार साँझ सघन शहरी तथा भवन निर्माण आयोजना धनकुटाको कार्यालय निरीक्षण गर्दै मन्त्री गुरुङले गुणस्तरी काम हुन सकेन भने प्रश्न उठ्ने भन्दै काम छिटोसक्ने होडबाजी भन्दा पनि गुणस्तरीय काममा ध्यान दिन निर्देशन दिएकी हुन्।
 
मन्त्री गुरुङले कार्यालयमा आएका सेवाग्राहीलाई सही सूचना दिनसमेत निर्देशन दिइन्। ‘कार्यालयमा आउने सेवाग्राहीको अपेक्षा धेरै हुन्छ। कर्मचारीको बोली व्यवहारले गर्दा करोडौंको योजनामा जनतामा खुसीभन्दा वितृष्णा हुनसक्छ,' उनले भनिन्।

अहिलेसम्म मन्त्रालयको कार्यसम्पादन प्रगति १३ प्रतिशत रहे पनि चालु आर्थिक वर्षमा ८० प्रतिशत पुर्‍याउन लक्ष्य रहेको हुँदा सोहीअनुसार कार्य गर्न कर्मचारीहरूलाई अनुरोध गरिन्। उनले बहुवर्षीय राख्न नपर्ने योजनालाई तुरुन्त ठेक्का खोल्न निर्देशनसमेत दिइन्। कार्यक्रममा कार्यालयको हालसम्मको कार्यप्रगतिबारे सघन शहरी तथा भवन निर्माण आयोजना धनकुटाका प्रमुख सुमन मिश्रले प्रस्तुती राखेका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.