अमेरिकामा उदाउँदै नेपाली रक ब्यान्ड

अमेरिकामा उदाउँदै नेपाली रक ब्यान्ड
सुन्नुहोस्

क्यालिफोर्निया : अमेरिकाको क्यालिफोर्नियास्थित नेपालीहरूको ब्यान्ड 'नेपक्याली'ले 'डिस्ट्रक्सन' अंग्रेजी गीत सार्वजनिक गरेको छ। गत साता सार्वजनिक भएको यो गीतमा नेपाली गायक अर्पन कार्कीले स्वर दिएका छन्। 'ह्याभी मेटल रक' स्टाइलमा गाइएको यो गीतमा गितारिस्ट सनी श्रेष्ठले साथ दिएका छन् भने अमेरिकी नागरिक स्कट कोलिन्सले ड्रम र म्याट किल गोरले बेस गितारमा साथ दिएका छन्। अन्य ह्याभी मेटल रक स्टाइलभन्दा प्रिथक र सुमधुर शैलीमा यो गीत रेकर्ड गरिएको गायक कार्कीले बताए।

'ह्याभी मेटल रक सुन्ने स्रोताहरूलाई लक्षित गरी यो गीत ल्याइएको हो। यसको मेलोडीमा नयाँ प्रयोग गरिएको छ । गीतमा नेपालीपन ल्याउन नेवारी लाखे मास्कको पनि प्रयोग गरिएको छ', गायक कार्कीले भने, 'गीतमा नेपालीपन आओस् भनेर लाखे मास्क प्रयोग गरिएको हो। जसले नेपाली संस्कृतिलाई संसारभर चिनाउने छ भन्ने विश्वास राखेका छौं।'

अमेरिकाको नेपाली समुदायमा गायक कार्की निकै लोकप्रिय बनिरहेका छन्। नेपालीहरू पनि पश्चिमा संगीतमा अब्बल हुन्छन् भनेर प्रमाणित गर्न आफू लागिपरेको बताउँदै कार्कीले जहाँ रहे पनि नेपालीपनलाई संसारभर चिनाउन लागिरहने बताए।

'नेपक्याली' ब्यान्ड १० वर्ष अगाडि कार्की आफैले स्थापना गरेका हुन्। काठमाडौं सिनामंगलमा जन्मिएका कार्की अध्ययनको शिलशिलामा १५ वर्ष अगाडि अमेरिका पुगेका थिए। कार्कीले यसअघि 'कान्छी' र 'खाते' लगायतका नेपाली गीत बजारमा ल्याइसकेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.