प्रधानमन्त्रीलाई गगनको प्रश्न : के फरक काम गर्दै हुनुहुन्छ जसले नउठेको राजश्व उठ्छ, नभएको खर्च हुन्छ ?

प्रधानमन्त्रीलाई गगनको प्रश्न : के फरक काम गर्दै हुनुहुन्छ जसले नउठेको राजश्व उठ्छ, नभएको खर्च हुन्छ ?
सुन्नुहोस्

काठमाडौं : नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले प्रधानमन्त्री पु्ष्पकमल दाहाल 'प्रचण्ड' लाई आर्थिक वर्षको बाँकी रहेको समयमा विगतको भन्दा के फरक काम गर्दै हुनुहुन्छ ? भन्दै प्रश्न गरेका छन्। आइतबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा सहभागी हुँदै सांसद थापाले नयाँ फरक कामका लागि कस्तो नियम वा कानुन बनाउँदै हुनुहुन्छ भन्दै प्रश्न गरेका हुन्।

'आर्थिक वर्षको बाँकी रहेको समयमा अहिले गरेको भन्दा गएको ५/ ७ महिनामा गरेको कामभन्दा त्यस्तो के फरक काम गर्दैहुनुहुन्छ? जसले गर्दा अहिले नउठेको राजश्व उठ्छ। नभएको खर्च हुन्छ।  एक-दुई-तीन भनेर प्रधानमन्त्रीलाई आग्रह गर्न चाहन्छु,'के नियम बनाउँदै हुनुहुन्छ?,के  कानुन बनाउँदै हुनुहुन्छ?  र  कस्तो नीति ल्याउँदै हुनुहुन्छ?'

उनले  नेपालको अर्थतन्त्रको सूचांक सकारात्मक छ भन्ने सरकारको दावी आंशिक मात्रै रहेको दावी गरे । नेपाली कांग्रेसका महामन्त्री समेत रहेका थापाले सरकारका कारणले विप्रेषणको रकम नघटेको दावी गरे। उनले आन्तरिक उत्पादन बढेर त्यसले प्रतिस्थापन गरेर आयात घटेको नभइ बजार शिथिल भएर घटेको जिकिर गरे। त्यसैले यसमा दंग हुनुपर्ने कुनै तुक नभएको उनको भनाइ छ।

थापाले सोधेको प्रश्नको जवाफमा  प्रधानमन्त्रीले अहिले अर्थतन्त्रका कतिपय परिसूचकहरू क्षेत्रमा समस्या रहेको भएपनि पछिल्लो समय सुधारको दिशामा आगाडि बढेको बताए।

'अर्थतन्त्र पूर्णरूपमा चलायमान भइसकेको छैन । एक वर्षअघि शोधनान्तर घाटा उच्च बिन्दुमा पुगेको थियो,” प्रधानमन्त्री प्रचण्डले भने,'विदेशी मुद्राको सञ्चिति न्यून बिन्दुमा झरेको थियो । बैंकिङ क्षेत्रमा तरलताको अभाव रहेको,ब्याज दर उद्योगी–व्यवशायीले धान्न नसक्ने तहमा पुगेको र मूल्य वृद्धि पनि उच्च रहेको अवस्था थियो । तर, आज म सम्मानित सदनलाई ढुक्कले भन्न सक्छ्,अर्थतन्त्र सङ्कटमुक्त भएको छ ।'

प्रधानमन्त्रीले नयाँ कामका लागि हरेक मन्त्रालयहरूसँग सार्वजनिक सेवा प्रवाह, विकास निर्माण र त्यसको प्रभावकारिताका विषयमा दिनहुँ समाधानमुखी छलफल गरिरहेको जानकारी दिए। प्रधानमन्त्रीले आगामी दिनमा यस्ता कार्यको सकारात्मक प्रभाव देखिने विश्वास व्यक्त गरे।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.