बालुवाटारमा प्रधानमन्त्री प्रचण्डले भेटे एमाले अध्यक्ष ओली

बालुवाटारमा प्रधानमन्त्री प्रचण्डले भेटे एमाले अध्यक्ष ओली
फाइल तस्बिर।

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’र एमाले अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री प्रचण्डले आज बिहान बालुवाटारमा प्रमुख प्रतिपक्षी दलका नेता एवम् पूर्वप्रधानमन्त्री ओलीसँग छलफल गरेको बालुवाटार स्रोतले जनाएको छ।

पछिल्लो समय सत्ता गठबन्धनका प्रमुख दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच असमझदारी बढेपछि प्रचण्ड-ओलीबीचको भेटवार्ता बाक्लिएको हो ।

नेपाली कांग्रेसको महासमिति बैठकमा माओवादी केन्द्रसँगको गठबन्धनलाई लिएर चर्को आलोचना हुनुका साथै माओवादीले भन्ने गरेको ‘जनयुद्ध’लाई सरकारमै सहभागी कांग्रेस उपसभापति एवम रक्षामन्त्री पूर्णबहादुर खड्काको प्रतिवेदनमा ‘माओवादी हिंसा’भन्ने शब्द राखिएपछि प्रचण्डले सार्वजनिक रुपमै असन्तुष्ट व्यक्त गर्दै आएकाछन्। महासमिति बैठकमै माओवादीको आलोचना भएपछि प्रधानमन्त्री प्रचण्ड कांग्रेससँग संशकित बनेका छन् भने एमालेसँगको भेटघाट बाक्लो बनाएका छन्। संक्रमणकालीन न्यायको विषयलाई प्रतिपक्षको पनि साथ लिएर अगाडि बढ्नुपर्ने समयमा सत्तारुढ दलबाटै यस्तो अभिव्यक्त आउनु गम्भीर रहेको प्रचण्डको बुझाई छ।

आज बिहानै प्रधानमन्त्री प्रचण्ड र पूर्वगृहमन्त्री एवम् रास्वपा सभापति रवि लामिछानेबीच पनि छलफल भएको छ।

यता फाल्गुन २९ गते हुने राष्ट्रिय सभा अध्यक्षमा माओवादीले उम्मेदवार उठाए सघाउन एमालेले ‘ग्रीन सिंगल’ दिइसकेको छ। प्रधानमन्त्रीमा प्रचण्डलाई बनाउँदा भएको एमाले नेतृत्वको गठबन्धनले राष्ट्रिय सभा अध्यक्ष माओवादीलाई दिने निर्णय गरेको थियो। यद्यपी माओवादीले एमालेसँगको गठबन्धन भत्काएर राष्ट्रपति निर्वाचनमा कांग्रेससँग सहकार्य भएपछि हाल कांग्रेसका कृष्णप्रसाद सिटौलाले अध्यक्ष पद दाबी गरेका छन्।

प्रधानमन्त्री गुमाउने बित्तिकै संवैधानिक परिषद्‍मा माओवादीको शून्य उपस्थिति हुने भन्दै माओवादी नेताहरुले पार्टी अध्यक्ष प्रचण्डलाई दबाब दिइरहेका छन्। गठबन्धनबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका कांग्रेसका नेता सिटौलाले अध्यक्षको दाबी गरिरहेको बेला माओवादी स्थायी कमिटी बैठकले उम्मेदवारी दिने घोषणा गरेको थियो। तर, दुई दिन नबित्दै प्रचण्डले भने बैठकमा लिखित निर्णय नभएको  अभिव्यक्ति दिएका थिए।

संविधान निर्माणमा सिटौलाले खेलेको भूमिकाका आधारमा राष्ट्रिय सभाको अध्यक्ष बनाउन सक्ने आफूले केही समयअघि गठबन्धनमा बताएपनि अहिले घटनाक्रमहरू भिन्न तरिकाले अघि बढेको प्रचण्डको दाबी छ। महासमितिमा जनयुद्धको बारेमा भएको छलफललाई बेमौसमको बाजा भएको प्रचण्डले टिप्पणी गर्दै आएका छन्।

पछिल्लो समय विवादितका विषयमा समेत गठबन्धनभित्र कुरा नमिलेपछि प्रचण्ड गठबन्धन फेर्नुपर्ने अवस्थासमेत आएको पार्टीभित्र बताउन थालेका छन्। 

दुई शीर्ष नेता बीच टीआरसी, प्रतिनिधि सभामा सांसदले मन्त्रीका उठाएका विषय र पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको स्रोतको भनाई छ। एमालेसहित विपक्षी दलका सांसदले ललितपुरको बालकुमारी घटनामा मुछिएका भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, टेरामिक्स काण्डमा मुछिएका स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत र रामग्राममा जोडिएका संस्कति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीलाई बर्खास्त गर्नुपर्ने माग राख्दै प्रधानमन्त्रीसँग जवाफ मागिरहेका छन्। सभामुखको रुलिङ भएकाले सोमबार प्रधानमन्त्रीको सम्बोधनकै क्रममा आलोचित मन्त्रीको बर्खास्तको बारेमा जानकारी पनि गराउनुपर्ने प्रतिपक्षी दलको माग छ।

यता प्रचण्ड प्रधानमन्त्री बनेको एकवर्ष पुगेपछि उनले कार्यक्षमता अभाव भएका मन्त्रीहरूलाई हटाएर मन्त्रिपरिषद् पुनर्गठन गर्ने उद्घोष गरेपनि कांग्रेसले नमानेपछि एमालेलगायत विपक्ष दलसँग छलफल गरेर उनीहरुलाई दबाब दिने रणनीतिमा माओवादी छ। पछिल्लो समय विवादितका विषयमा समेत गठबन्धनभित्र कुरा नमिलेपछि प्रचण्ड गठबन्धन फेर्नुपर्ने अवस्थासमेत आएको पार्टीभित्र बताउन थालेका छन्।

 null

यता एमालेले भने दुई शीर्ष नेताबीचको भेटवार्ता सत्ता सहकार्य भन्दापनि शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्ने विषयमा निरन्तर छलफल भइरहेको दाबी गर्दै आएको छ। टीआरसी विधेयक केहि दिनभित्रै संसदमा पेश गरेर पास गर्ने सरकारको तयारी छ। 

आज बिहानै प्रधानमन्त्री प्रचण्ड र पूर्वगृहमन्त्री एवम् रास्वपा सभापति रवि लामिछानेबीच पनि छलफल भएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.