माओवादी स्थिरतामा बस्न सक्दैन, निरन्तरमा क्रमभंग गर्दै जाने जात हो : प्रचण्ड

माओवादी स्थिरतामा बस्न सक्दैन, निरन्तरमा क्रमभंग गर्दै जाने जात हो : प्रचण्ड
तस्बिर : प्रधानमन्त्री सचिवालय

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी स्थिरतामा बस्ने नसक्ने बताएका छन्। सहीद प्रतिष्ठान नेपालले सोमबार आयोजना गरेको शान्ति प्रक्रिया, संघीय लोकतान्त्रिक गणतन्त्र र आजको राजनीति विषायक अन्तर्क्रियामा बोल्दै उनले नयाँ गठबन्धन बनाएर माओवादी स्थिरता क्रमभंगता गरेको जिकिर गरेका हुन्।

उनले आज नयाँ राजनीतिक ध्रुवीकरण र नयाँ उथलपुथल भएको दिन बनेको दाबी गरे। ‘माओवादी सिद्धान्त र व्यवहारको दृष्टिकोणले जमेको पोखरी जस्तो बस्ने होइन। गड्गडाउँदो नदी जस्तो बग्ने नदी हो। यो निरन्तरमा रमाएर स्थिरतामा बस्न सक्दैन।’उनले भने, ‘निरन्तरमा क्रम भंग गर्दै नयाँ नयाँ परिस्थिति सिर्जना गर्ने जात हो माओवादी ।’

null

प्रचण्डले माओवादी राष्ट्र र जनताको घोडा भएको दाबी गरे। उनले समाजवादी मोर्चा मात्र नभई वृहतर कम्यनिष्ट एकताको पनि एकता गर्न लागेको बताए। उनले क्रान्तिको बाटो सहज नभएको उल्लेख गरे। 

उनले सहीदको सपनालाइ साकार पार्दै परिवर्तनलाई संस्थागत गर्न सवै क्रान्तिकारीहरु एक ठाँउमा आउन जरुरी रहेको बताए। आफूलाई प्रतिक्रियावादीले अविश्वसनीय भन्ने गरेको बताउँदै उनले भने,‘प्रतिक्रियावादीले मलाई उपयोग गर्न खोजे भने म कुनैपनि बेला लात्ताले हानेर निस्कन सक्छु। उनीहरुका लागि छैन म विश्वसनीय, हुन पनि परेको छैन। आज नयाँ क्रम भंग गर्ने दिन बनेको छ। एकताबद्ध बनौं।’

उनले झापा विद्रोह सुखानीका शहिद र जनयुद्धका शहिदका सपना पूरा गर्न संकल्प गर्ने दिन आज रहेको बताए। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.