प्री ओपन सेसनमा नेप्से परिसूचक १.१४ अंकले बढ्यो
काठमाडौं : प्री ओपन सेसनमा नेप्से परिसूचक १.१४ अंकले बढेको छ। सेयर कारोबार साताको चौथो दिन बुधबार प्री ओपन सेसनमा नेप्से परिसूचक १.१४ अंकले बढेर २०६७.३१ विन्दुमा पुगेको हो।
यो समयमा ५३ स्क्रिप्सको ४ हजार ११४ कित्ता सेयर २५ लाख ६३ हजार १८२ रुपैयाँमा खरिदबिक्री भए। प्री ओपन सेसनमा २६ स्टकको मूल्य बढ्दा २० वटाको घट्यो भने ३ वटाको मूल्य स्थिर रह्यो।