सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि घट्यो

सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं : दुई कारोबार दिन लगातार वृद्धि भएको सेयर बजारमा आज दोहोरो अंकले गिरावट आएको छ। नेप्से परिसूचक सोमबार ३.२१ अंक र मंगलबार ५.५० अंकले वृद्धि भएको थियो। पहिलो कारोबार दिन आइतबार भने नेप्से परिसूचक ५.३७ ले घटेको थियो।

चौथो कारोबार दिन बुधबार नेप्से परिसूचक  ११.६० अंकले घटेर २०६०.१६ विन्दुमा कायम भएको हो। नेप्से घटेसँगै कारोबार रकम पनि मंगलबारको तुलनामा घटेको छ। 

यसदिन ३०५ स्क्रिप्सको ८७ लाख २७ हजार १६४ कित्ता सेयर ४ अर्ब ५ करोड ८० लाख  ४७ हजार ७३४ रुपैयाँमा खरिदबिक्री भए।

मंगलबार ४ अर्ब १८ करोड  ७७ लाख ९६ हजार  ८३३ रुपैयाँको सेयर कारोबार भएको थियो।

आज कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएन। नेपाल फाइनान्सको सेयर मूल्य सर्वाधिक ९.५५ प्रतिशतले बढ्यो।

शिव श्री हाइड्रोपावरको  सेयर ७.२६ प्रतिशतले बढ्दा गणपति लघुवित्त वित्तीय संस्थाको ७.१३ प्रतिशत,मुक्तिनाथ कृषिको ६.५० प्रतिशत र स्वाबलम्वन लघुवित्त वित्तीय संस्थाको ५.१० प्रतिशतले मूल्य बढेको हो।

कारोबार रकमका आधारमा नेपाल फाइनान्स शीर्षस्थानमा रह्यो। सो कम्पनीको १६ करोड ४६ लाख ८ हजार मूल्य बराबरको कारोबार भयो।

गुडविल फाइनान्सको १५ करोड,एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्टको १३ करोड,ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था र पोखरा फाइनान्सको ८/८ करोड मूल्य बराबरको कारोबार भयो।

फाइनान्स , म्युचुअल फण्ड र ट्रेडिङ समूह बाहेक अन्य समूहको उपसूचक नकारात्मक देखिएका छन्। कारोबारमा आएका ५७ स्टकको मूल्य बढ्दा १८६ वटाको घट्यो भने बाँकी ३ वटाको मूल्य भने स्थिर रह्यो।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.