भोटेकोशीमा निर्माणाधीन जलविद्युत आयोजनाको ढलान भत्कियो, दुईजना पुरिए, १० को उद्धार

भोटेकोशीमा निर्माणाधीन जलविद्युत आयोजनाको ढलान भत्कियो, दुईजना पुरिए, १० को उद्धार
तस्बिर : अन्नपूर्ण

सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका –४ मा रहेको इलेक्ट्रिक हाइड्रो पावरको ढलान भत्किँदा दुईजना मजदुर पुरिएका छन् भने १० घाइतेको उद्धार गरिएको छ । शुक्रबार दिउँसो २ बजे हाइड्रो पावरको ड्यामसाइडमा रहेको सुरुङ ढलान गर्ने क्रममा ढलान भाँसिएपछि घटना भएको सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सन्तोष खड्काले जनाए । 

सो घटनामा दुईजना पुरिएको र १० जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ । ठाकुरबावा नगरपालिका– ३ का ३० वर्षीय रामदिन थारु र सोही नगरपालिका ५ का ३० वर्षीय सुमन थारु ढलानले पुरिएर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

त्यस्तै नाम थर नखुलेको दुईजना पुरुषहरू ढलानमा च्यापिएको हुँदा उद्धार कार्य भइरहेको प्रहरीको भनाइ छ । उद्धार गरिएका १० जनालाई भने उपचारको लागि अस्पताल लगिएको छ । उद्धार गरिएकामध्ये सामान्य घाइतेलाई बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्र र गम्भीर घाइतेलाई धुलिखेल अस्पताल लगिएको छ ।

घाइतेहरूको उद्धारका लागि इलाका प्रहरी कार्यालय कोदारी र बाह्रबिसेबाट प्रहरी निरीक्षकको कमाण्डमा २० जना, सशस्त्र प्रहरीबाट १५ जना र नेपाल आर्मीको १५ जना खटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हाइड्रो पावरको ड्यामसाइडमा रहेको सुरुङ ढलान गर्दागर्दै भत्किएको हो । 

४० मेगावाट क्षमताको उक्त जलविद्युत आयोजनाको गत साउनदेखि निर्माण सुरू भएको हो।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.