संक्रमणकालीन न्यायसँगसम्बन्धी विषयलाई पीडितमैत्री बनाएर छिटो टुंग्याउनुपर्छ : मानव अधिकार आयोग

संक्रमणकालीन न्यायसँगसम्बन्धी विषयलाई पीडितमैत्री बनाएर छिटो टुंग्याउनुपर्छ :  मानव अधिकार आयोग

काठमाडौं : राष्ट्रिय मानवअधिकार आयोगले संक्रमणकालीन न्यायसँगसम्बन्धी विषयलाई पीडितमैत्री बनाएर छिटो टुङ्गो लगाउनुपर्नेमा जोड दिएको छ । सोमबार ललितपुरमा सरोकारवालासँग छलफल गर्दै आयोगका अध्यक्ष तपबहादुर मगरले आयोगले दिएका सुझावका आधारमा संक्रमणकालीन न्यायसँगसम्बन्धी विषयलाई पीडितमैत्री बनाएर छिटो टुङ्गोमा पुराउनुपर्ने बताएका हुन्।

उनले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई अन्तराष्ट्रिय सिद्धान्त, सर्वोच्च अदालतको आदेश र आयोगको सिफारिस बमोजिम संशोधन गर्न पटक पटक सुझाव दिएको धारणा राखे।

आयोगले गम्भीर प्रकृतिका बेपत्ता, गैरन्यायिक हत्या, अपहरण, यातना, बलात्कार, तथा यौन हिंसासम्बन्धी मुद्दामा आममाफी दिने कार्य नगर्न नगराउन पनि ध्यानाकर्षण गराउँदै आएको उनले बताए।

अध्यक्ष मगरले द्वन्द्वकालीन अवस्थामा सहभागी भएका व्यक्ति, पीडित, सरकार लगायतको साझा प्रयास बेगर संक्रमणकालीन न्यायलाई टुङ्गोमा पुराउन कठिन हुने जिकिर गरे। उनले आयोगले द्वन्द्वकालीन मुद्दाहरु अध्ययन गरिरहेको र आवश्यकता अनुसार राज्यलाई निर्देशन दिइएको तर आदेश कार्यान्वयनमा समस्या देखिएको बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.