कार चलाउनुसँगै प्राविधिक ज्ञान पनि सिक्नुपर्छ

कार चलाउनुसँगै प्राविधिक ज्ञान पनि सिक्नुपर्छ
सांकेतिक तस्बिर
सुन्नुहोस्

गाडी सिक्ने नयाँ मानिसले कुदाउन मात्र सिकेर हुँदैन। केही भइहाले प्राथमिक उपचार गर्न पनि जान्नुपर्छ। गाडी अर्थात् कारहरू नयाँ मोडेलका भएकाले ‘फ्युज सिस्टम’ धेरै छ। कुन फ्युज केको हो ? हेर्न र सामान्य मर्मत गर्न जानेन भने बाटोमा जुनसुकै बेला समस्या हुनसक्छ।

परिवार लिएर अलि टाढा गइराखेका छौं भने बाटोमा स्टार्ट बन्द होला, हेडलाइटको फ्युज जाला, साइडलाइट नबल्ला। यस्ता विषयमा जानकार नभए दुःख हामीले पाउँछौं। विदेश नै गए पनि गाडीका विषयमा सम्पूर्ण जानकारी हुन आवश्यक छ। अझ गाडी चलाउनुपर्ने काम भए त झनै। विदेशमा पहिला सैद्धान्तिक ज्ञान दिइन्छ र अनि मात्रै अभ्यास गराइन्छ। हाम्रो नेपालमा दुवै गराइन्छ। श्रीसुमन मोटर ड्राइभिङले चाहिँ हरेक शनिबार इन्जिनसम्बन्धी विशेष ज्ञान पनि दिँदै आएको छ। जसमा ट्राफिक र दुर्घटनासम्बन्धी ज्ञान पनि दिइन्छ।

‘ड्राइभिङ’ गर्नु मात्रै ठूलो कुरो होइन, गाडीलाई कसरी ‘सेफ्टी’ सँग कसरी चलाउने ? यो महत्वपूर्ण विषय हो। हामी यो ज्ञान पनि दिन्छौं। ‘सेफ्टी ड्राइभिङ’ भए आफू, परिवार र आफन्तलाई पनि सुरक्षित राख्न सक्छौं। बाटोमा हिँड्ने यात्रुहरूलाई पनि सुरक्षित बनाउन सक्छौं। कतिपयलाई टायर फेर्न आउँदैन, जाँदाजाँदै ‘ब्रेक फेल’ भयो भने के गर्ने ? कुनै ज्ञान नै हुँदैन। ब्रेक फेल भइहाले गाडीलाई कसरी बचाउने? त्यो गाडीलाई एक/दुई किलोमिटर पर वर्कसपसम्म कसरी पुर्‍याउने ? सबै जान्नु जरुरी छ। गाडी त किन्छौं तर हामी क्याटलग पढ्दै नौ।

न्यूनतम यस्ता प्राविधिक ज्ञान हुनेले अलपत्र पर्नु पर्दैन। अरू कोही बाटोमा समस्यामा परे भने पनि सहयोग गर्न सकिन्छ। सबै पक्ष विचार गर्नेले मात्र सुरक्षित सवारीको फाइदा लिन सक्छ।

(गिरी सवारी साधनका प्रशिक्षक हुन्।)
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.