मौद्रिक नीति र अर्थतन्त्रमा आशा

मौद्रिक नीति र अर्थतन्त्रमा आशा
सुन्नुहोस्

२०८१/८२ सालका लागि राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीति सम्भवतः इतिहासको सर्वाधिक बहुप्रतीक्षित नीति हुनुपर्छ । यसअघिका मौद्रिक नीतिमा सरोकारवालाको चासो त हुन्थ्यो नै तर जनस्तरसम्मै कौतुहल पैदाचाहिँ यसपालि भयो । यो किनभने अर्थतन्त्र जर्जर छ । नागरिक बेरोजगारीको जाँतोमा पिल्सिएका छन् । व्यवसायी मन्दीले रापिएका छन् । उद्यमधन्दा चिसिएका छन् । सेयर बजार सकारात्मक समर्थन गर्ने मौद्रिक नीतिकै आशामा तंग्रिन कोसिस गर्दैछ । घरजग्गा कारोबार ठप्प जस्तै छ । बैंकमा पैसा थुप्रिए पनि ऋण लिनेको अभाव भयो । त्यसको प्रत्यक्ष असर बजारमा पर्नु स्वाभाविक थियो ।

अर्थतन्त्र चलायमान बनाउने महत्वपूर्ण क्षेत्र निर्माण कहालीलाग्दो अवस्थाबाट गुज्रनुप¥यो । राष्ट्र बैंकले शुक्रबार जारी गरेको मौद्रिक नीतिले बैंकमा थुप्रिएको पैसा बजार पठाउने आशा गर्न सकिन्छ । कर्जा विस्तारको अपेक्षा राख्न सकिन्छ । सेयर बजारका लागि कर्जा नीतिमा संस्थागततर्फको सीमा २० करोड खारेज भएको छ । व्यक्तिगततर्फ सीमा यथावत १५ करोड रहे पनि संस्थागतकै कारण पनि बजार चलायमानमात्रै नभई वृद्धि हुने अपेक्षा छ । निर्माण व्यवसायीले ऋणको किस्ता बुझाउने समय मंसिरसम्म पाएका छन् । बैंकहरूले गर्नु पर्ने कर्जा नोक्सानी खुकुलो भएको छ । त्यस्तो व्यवस्थाको प्रतिशत १.२० बाट घटाएर १.१० प्रतिशत बनाइएको छ । बैंक वित्तीय संस्थाले लगानी गर्न सजिलो वातावरण भए नै थुप्रिएको पैसा बजार पुग्ने हो ।

बजारमा चहलपहल भएपछि नै अर्थतन्त्र चलायमान हुने हो । र, सँगसँगै राज्यले राजस्व पनि प्राप्त गर्ने हो । सेयर बजार वा घरजग्गा कारोबारले पनि प्रत्यक्ष, अप्रत्यक्ष बजारलाई चलायमान बनाउँछन् र अर्थतन्त्रलाई योगदान गर्छन् । सेयर बजारमा बहुप्रतीक्षित आशालाई सम्बोधन भए पनि घरजग्गा र अटोतर्फको सम्बोधन नभएको गुनासा छँदै छन् । अर्काेतिर, मौद्रिक नीति यसअघि निकै कसिलो थियो, अहिले फ्याट्टै धेरै खुकुलो हुँदा अर्थतन्त्रमा असन्तुलन पैदा हुने डर पनि हो । यो मौद्रिक नीतिको परीक्षा भने यसको कार्यान्वयनपछि देखिने प्रभाव र नतिजाहरूमै देखिन्छ कि गभर्नर महाप्रसाद अधिकारीले सही कदम चाले कि कमजोर । तर अहिलेलाई भने अर्थतन्त्र चलायमान हुने चौतर्फी आशा  छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.