सेयर बजारमा ९.९९ अंकको करेक्सन, ८ अर्बमाथिको कारोबार
काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार करिब १० अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक ९.९९ अंकले घटेर २७३८.०६ विन्दुमा पुगेको हो। सेन्सेटिभ इण्डेक्स ४.२० अंकले घटेर ४७३.३० विन्दुमा अडिएको छ।
यसदिन ३१४ स्क्रिप्सक १ करोड ६७ लाख ६७ हजार १६८ कित्ता सेयर ८ अर्ब ८३ करोड २२ लाख २५ हजार ८९२ रुपैयाँमा खरिदबिक्री भए। नेप्से सामान्य अंकले घटेपनि पाँच कम्पनीक सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
विशाल बजार,कर्पोरेट डेभलपमेन्ट बैंक,सिन्धु विकास बैंक, ग्रीन डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैकको सेयर १० प्रतिशतले बढेको हो। कारोबार रकमका आधारमा यसदिन एक्सेल डेभलपमेन्ट बैंक शीर्षस्थानमा रह्यो। सो कम्पनीको ३४ करोड मूल्यय बराबरको सेयर कारोबार भयो।
एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट र नेपाल फाइनान्सको २८/२८ करोड,मितेरी डेभलपमेन्ट बैंकको २७ करोड र नगदी ग्रुपको २४ करोड मूल्य बराबरको सेयर कारोबार भयो। कारोबारमा आएका ६३ स्टक्सकमध्ये १७८ वटाको घट्यो। बाँकी ३ स्टक्सको मूल्य स्थिर रह्यो।
तीनवटा समूहको उपसूचकबाहेक अन्य समूहको उपसूचक नकारात्मक देखिएका छन्। ट्रेडिङ समूहको उपसूचक ९.०७ प्रतिशतले बढ्दा डेभलपमेन्ट विकास बैंकको ४.५२ र होटल्स एण्ड टुरिजम समूहको उपसूचक ०.३० प्रतिशतले बढ्यो।