क्यान्सर रोगको सचेतना फैलाउन युवाको भूमिका महत्त्वपूर्ण : तेजुलाल चौधरी
काठमाडौं : युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले क्यान्सर रोगबारे जनचेतना फैलाउन युवाहरूको भूमिका महत्त्वपूर्ण हुने बताएका छन्। नेपाल अर्बुद रोग निवारण संस्था (एनसीआरएस)ले आज काठमाडौंमा आयोजना गरेको जनचेतनामूलक र्यालीको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।
नेपालमा क्यान्सर रोगको रोकथामका लागि सरकारले आजबाट सुरु गरेको एचपीभी भ्याक्सीन अभियानलाई सफल बनाउन युवाहरूले भूमिका खेल्नुपर्ने मन्त्री चौधरीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस !