तथ्यबिना जे मन लाग्यो त्यही लेख्ने र बोल्ने प्रेस स्वतन्त्रता हुँदैन : सञ्चारमन्त्री

तथ्यबिना जे मन लाग्यो त्यही लेख्ने र बोल्ने प्रेस स्वतन्त्रता हुँदैन : सञ्चारमन्त्री

काठमाडौं : सञ्चार तथा सूचना,प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले राजनीतिक अस्थिरताका कारण विकास निर्माणमा ढिलाइ हुन गएको बताएका छन्।  बुधबार भक्तपुरमा आयोजित कार्यक्रममा मन्त्री गुरुङले राजनीतिक अस्थिरताको कारणले तोकिएको समयमा आयोजना निर्माणको काम सम्पन्न गर्न वर्षौं लाग्ने देखिएको बताएका हुन्।

आयोजना निर्माणमा भएको ढिलाइका कारण वर्तमान सरकार गठनको ६ महिनासम्म पनि देखिने गरि एउटा पनि काम हुन नसकेको उनले बताए । उनले आफूले काम गर्न नसक्ने तर निर्वाचन प्रणालीलाई दोष दिने कुरा उचित नभएको जिकिर गरे।

मन्त्री गुरुङले समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्यलाई ध्यानमा राखेर वर्तमान सरकार मौजुदा कानुनलाई सुधार गरेर नयाँ नीति तथा कार्यक्रम तर्जुमा गर्न अध्यादेश ल्याएको स्पष्ट पारे। कर्मचारीतन्त्रलाई देश र सरकारप्रति जिम्मेवार बनाउन अध्यादेशमा विविध प्रावधान राखिएकाले अध्यादेश कसैको विरुद्ध लक्षित नरहेको उनको भनाइ छ ।

उनले विभिन्न मन्त्रालय र कार्यालयमा फाइल अड्काएर राख्ने प्रवृत्ति देखिएकाले सरकारले त्यस्ता ढिलासुस्ती र अनियमितता अन्त्य गर्न पनि कानुनमा सुधार गर्न पनि अध्यादेश ल्याउन परेकाले राजनीति नगर्न आग्रह गरे।

त्यस्तै उनले  जे मन लाग्यो त्यही लेख्ने र बोल्ने प्रेस स्वतन्त्रता नहुने जिकिर गरे। केही सञ्चारमाध्यमले सामाजिक सद्भाव खल्बल्याउने कार्य गरेको देखिएकाले त्यस्ताको नियमन गर्न जरुरी भएकाले सामाजिक सञ्जालसम्बन्धी विधेयक ल्याएको उनले बताए।

उनले आइटीलाई र एआईलाई उद्योगको रुपमा विकास गर्न पनि ऐन,नियमको आवश्यकता परेको उल्लेख गरे । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.