अध्यादेशविरुद्ध सदनमा शसक्त रूपमा प्रस्तुत हुने रास्वपाको निर्णय

अध्यादेशविरुद्ध सदनमा शसक्त रूपमा प्रस्तुत हुने रास्वपाको निर्णय

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारले ल्याएको अध्यादेशविरुद्ध सदनमा शसक्त रूपमा धारणा राख्ने निर्णय गरेको छ। सिंहदरबारमा बुधबार बसेको रास्वपा संसदीय दल बैठकले ६ वटा अध्यादेशविरुद्ध विरोधका सूचना दर्ता गरेको भन्दै अध्यादेशविरुद्ध सदनमा शसक्त धारणा राख्ने निर्णय गरेको हो।

बैठकले संसदको चालू अधिवेशनको पहिलो बैठकको आकस्मिक समयमा सभामुखले बोल्न समय नदिएकोप्रति आपत्ति जनाउँदै आगामी बैठकको आकस्मिक समयमा बोल्न समय माग गर्ने निर्णय गरेको छ भने संसदमा विचाराधीन विधेयकलाई अध्ययन गर्नका लागि पार्टीको विधेयक अध्ययन समितिलाई सक्रिय बनाउने निर्णय गरिएको रास्वपा सचेतक निशा डाँगीले जानकारी दिइन्।

त्यस्तै आगामी दिनका संसदको बैठकका शुन्य र विशेष समयमा पार्टीको एजेण्डा र जनताका आवाजलाई प्रभावकारी ढंगले उठान गर्ने निर्णय गरिएको सचेतक डाँगीले बताइन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.