कांग्रेस संसदीय दलको बैठक जारी
काठमाडौं : नेपाली कांग्रेस संसदीय दलको बैठक जारी छ। नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बैठक जारी रहेको कांग्रेसले जनाएको छ। बैठकमा सरकारले ल्याएको अध्यादेशलगायत विविध विषयमा छलफल हुने जनाइएको छ।
सरकारले ल्याएका ६ वटा अध्यादेश संसदमा प्रस्तुत भइसकेका छन्। संसद बैठक दिउँसो १ बजे बस्दैछ।
यसअघि माघ १८ गते कांग्रेस संसदीय दलको बैठक बसेको थियो। सो दिनको बैठकमा सांसदहरूको बोल्ने क्रम मात्रै सकिएको थियो। अन्य सदस्यहरूको बोल्ने क्रम नसकिएपछि बैठक आज बस्नेगरी स्थगित भएको थियो।
आजको बैठकमा मन्त्रीहरू,पदाधिकारीहरू र नेताहरूले आ-आफ्नो भनाइ राख्ने कार्यक्रम छ।
प्रतिक्रिया दिनुहोस !