एक वर्षमा नेपालले निकाल्यो ५४ अमेरिकी नागरिक

एक वर्षमा नेपालले निकाल्यो ५४ अमेरिकी नागरिक
फाइल तस्बिर
सुन्नुहोस्

काठमाडौं : सरकारले सन् २०२४ मा ५४ जना अमेरिकी नागरिकलाई निष्कासन गरेको छ। गृह मन्त्रालय स्रोतका अनुसार अध्यागमन विभागले ५४ जना अमेरिकी नागरिकलाई निष्कासन (डीपोर्ट) गरेको हो।

भिसाको म्याद सकेर पनि लुकिछिपी नेपालमा बसिरहेका उनीहरूलाई अध्यागमन विभागले निष्कासन गरेको हो। 'भिसाको म्याद सकेर पनि नेपालमा लुकिछिपी बसेको भेटिएपछि उनीहरूलाई कानुनी प्रक्रिया पुर्‍याएर डीपोर्ट गरेका हौं,' स्रोतले अन्नपूर्णसँग भन्यो।

सरकारले २०२४ मा कूल ४९४ विदेशी नागरिकलाई निष्कासन गरेको छ। निष्कासित हुनेहरूमा भिसाको म्याद गुज्रिएका (ओभर स्टे)हरू बढी छन्। त्यस्तै ४५ जना अन्य कसूरमा निकालिएको स्रोतको भनाइ छ। तीमध्ये जबरजस्ती करणीदेखि बालयौन दुराचारसम्मको आरोप लागेकाहरू रहेको गृह मन्त्रालयको भनाइ छ।

अध्यागमन ऐन २०४९ अनुसार विदेशी नागरिकलाई अवधि तोकि वा नतोकी निष्कासन गर्न सकिने व्यवस्था छ। अध्यागमन कार्यविधि २०६५ अनुसार कसूरको प्रकृति हेरी १० वर्षसम्म पुनः नेपाल प्रवेश गर्न नपाउने गरी निष्कासन गर्ने व्यवस्थासमेत छ।

विदेशी नागरिकहरू एक भिसा वर्षमा १५० दिनसम्म पर्यटक भिसामा नेपाल बस्न पाउँछन्। सो अवधिभन्दा बढी बसे उनीहरू ओभर स्टे हुन्छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.