साउदीमा रहेका २५ संस्थाद्वारा दूतावास कर्मचारीको बिदाइ
साउदी : साउदीको रियादस्थित नेपाली दूतावासमा कार्यरत प्रथम सचिव टीकाराम उपाध्यायलाई साउदीका २५ संस्थाले संयुक्त रूपमा बिदाइ गरेका छन्।
उपाध्यायको चारवर्षे कार्यकालमा गरेका कार्यको मूल्यांकन गर्दै साउदीमा रहेका विभिन्न संघसंस्था र नेपाली समुदायले संयुक्त रूपमा सम्मान तथा बिदाइ गरेका हुन्। सम्मानित उपाध्याय रियादस्थित दूतावासमा कार्यरत रहँदा साउदीमा रहेका विभिन्न संस्थासँगको समन्वयलगायत कामदार माग प्रमाणीकरण, श्रमिक समस्या समाधान तथा साउदीमा कार्यरत नेपालीको मृत्युपश्चात पाइने इन्स्योरेन्स (गोसी) अन्तर्गतको रकम मृतकको परिवारमा उपलब्ध गराउन अहम् भूमिका निर्वाह गरेकोमा संयुक्त समुदायले सम्मान गरेको हो ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा रहेका साउदीका लागि राजदूत डा. नरेशविक्रम ढकालले उपाध्यायको कामको प्रशंसा गर्दै खुसी व्यक्त गरेका थिए भने अब आउने नयाँ कर्मचारीलाई नयाँ पाठ सिक्ने अवसरसमेत रहेको बताए । उनले साउदीमा रहेका २५ संस्थाले संयुक्त रूपमा बिदाइ कार्यक्रम गरेकोले उपाध्यायलाई मात्र नभई दूतावासलाई समेत सम्मान गरेकोमा धन्यवाद व्यक्त गर्दै दूतावास सपरिवार सदैव नेपाली श्रमिकको हक हितमा काम गर्ने बताए ।
उपाध्यायको संयुक्त सम्मान कार्यक्रममा नेपाली साझा मञ्च, हिमालयन टुर एन्ड ट्राभल्स, हिमालयन थिएटर एन्ड फेन्सीस्पोन कर्नर रेस्टुरेन्ट, स्याङ्जा सहयोग समाज, कास्की आदर्श समाज, झापाली समाज, मोरङ सुनसरी सेवा समाज, याक्थुङ चाम्लिलुङ समाज, किरात राई योयोख्या रियाद, एनआरएनए आरसीसी रियाद, पारिवारिक समाज, सिर्जना संस्कृति समूह, अन्तरसंस्था समन्वय समिति रियाद, साहित्यिक चौतारी, सुदूरपश्चिमेली नेपाली समाज, सहयोगी नेपाली एकता समाज, युवा सेवा समाज, केरी हातेमालो समूह, तमुधि नेपाल, तामाङ घेदुङ समाज, लालीगुराँस रेस्टुरेन्ट, नेपाल मगर संघ, उपकारी नेपाली र केआई हिमालयन किचेन (रोधीघर) आबद्ध थिए ।
प्रतिक्रिया दिनुहोस !