चोरी र तोडफोड गरेको आरोपमा ४ जना पक्राउ
स्याङ्जा : स्याङ्जामा सामान चोरी र तोडफोड गरेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । जिल्लाको कालीगण्डकी गाउँपालिकास्थित सामुदायिक क्याम्पस, घर र पसलमा चोरीसहित सवारीसाधन तोडफोड गरेको आरोपमा ४ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
कालीगण्डकी गाउँपालिकाका १८ वर्षीय एक जना र १६ वर्षीय ३ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा ३ जना कालीगण्डकी गाउँपालिकाका र एक जना धादिङ घर भई सोही स्थान बस्ने रहेका प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिए ।
कालीगण्डकी – ७ मिर्मीमा मंगलबार राती बालकहरुले मिर्मी बहुमुखी क्याम्पस र पसलमा तोडफोड, चोरीका साथै २ वटा मोटरसाइकल र एउटा स्कुटर तोडफोड गरेको प्रहरीको भनाइ छ ।
उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको प्रनाउ पौडेलले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस !