मोटरसाइकल चोरीको आरोपमा २ जना पक्राउ

मोटरसाइकल चोरीको आरोपमा २ जना पक्राउ
तस्बिर : चोरी गरिएको मोटरसाइकल
सुन्नुहोस्

स्याङ्जा : मोटरसाइकल चोरी गरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

स्याङ्जाको पुतलीबजार नगरपालिका ३ ढडुवामा आफ्नै घर अगाडि पार्किङ गरी राखेको ग२४प ६९१२ नम्बरको मोटरसाइकलसहित कास्कीका २ जना पक्राउ परेको प्रहरीले जनाएको छ ।   

पक्राउ पर्नेमा पोखरा महानगरपालिका–२३ पुम्दीभुम्दीका २९ वर्षीय जितु विक र पोखरा २२ घाँटीछिनाका १९ वर्षीय राम सुनार रहेको प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिए । 

ढडुवाका दिपकचन्द्र गौतमले आफनै घरमा पार्किङ गरी राखेको मोटरसाइकल बिहीबार राति हराएको भन्दै प्रहरीलाई खोजतलासका लागि निवेदन दिएका थिए ।  

अस्थायी प्रहरी पोष्ट मट्टीखान स्याङ्जाबाट खटिएको प्रहरी टोलीले शुक्रबार साँझ फेदिखोला गाउँपालिका–१ नैखु अयरपानीबाट हराएको मोटरसाइकलसहित विक र सुनारलाई नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ ।

दुवै जनालाई चोरीसम्बन्धी मुद्दा दर्ता गरी आइतबार अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको प्रनाउ पौडेलले जानकारी दिए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.