किरात राई सुनुवार कम्युनिटी क्याट्रीक बेलायतमा नन्दराज
बेलायत : किरात राई सुनुवार कम्युनिटी क्याट्रीक बेलायतमा नन्दराज राईको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरिएको छ । आई हब कम्युनिटी सेन्टर क्याट्रीकमा भएको किरात राई सुनुवार कम्युनिटीको साधारणसभाबाट नन्दराजको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो ।
उपाध्यक्षमा जयप्रकाश सुनुवार,शान्ता देव राई, महासचिवमा रामप्रसाद राई, सहसचिवमा अनिला राई, कोषाध्यक्षमा बिष्णुकुमार राई, सह-कोषाध्यक्ष मा कमल राई चयन भएका हुन्।
यसैगरी फुड मेम्बर लालबहादुर राई, सह-फुड मेम्बर अनन्त कुमार राई, प्रोपर्टी मेम्बर सुदेश कुमार राई,सह-प्रोपर्टी मेम्बर हरि राई,ड्रिक मेम्बर मनिकुमार राई ,सह ड्रिक मेम्बर अनिस राई,इन्टरटेन्डमेन्ट मेम्बर अनु राई,सह इन्टरटेन्डमेन्ट मेम्बर रोशन राई, ट्रान्सपोर्ट संयोजक सुदेश कुमार राई ,सह-ट्रान्सपोर्ट संयोजक रामप्रसाद राई र मिडिया संयोजक तारा राई रहेका छन् ।
यो संस्था बेलायतमा सामाजिक कार्यमा सक्रियरुपमा लागिरहेको छ । कार्यसमिति चयनका लागि सचिवालय समेत गठन गरिएको थियो । जसमा मुख्य निर्वाचन अधिकृत रत्न राई, सदस्यहरूमा चन्द्रकुमार राई,रामकृष्ण सुनुवार,अनिला राई र रामप्रसाद राई रहेका थिए ।
प्रतिक्रिया दिनुहोस !