फेरि भत्काइए १९ छाउगोठ

फेरि भत्काइए १९ छाउगोठ
सुन्नुहोस्

अछाम : पञ्चदेवल विनायक नगरपालिकामा गत वर्ष असारमा छाउगोठमा सुतेका बेला मामा नाता पर्नेबाट एक किशोरी बलात्कृत भइन् । १६ वर्षीया किशोरी छाउगोठमा बलात्कार भएको घटनाले सबैलाई झट्का लाग्यो । उक्त घटना बाहिरिएपछि तातेका जनप्रतिनिधि, प्रहरी प्रशासनले छाउगोठ भत्काउन थाल्यो । केही छाउगोठ भत्काइसकेपछि फेरि उक्त अभियान सेलायो । सुनसान जस्तै भयो ।

यो वर्ष पनि छाउ बार्न घरभन्दा बाहिर त्रिपालमा बसेका एक महिला र एक बालिकाको मृत्युको घटना दोहोरियो । छाउ बार्न त्रिपाल टाँगेर बसेकी तीन जनामध्ये दुई जनाको ज्यानै गयो । पञ्चदेवल विनायक नगरपालिका— ८ बारलाको सेलापानीस्थित चुरखोली टोलमा शुक्रबार छाउ बार्न त्रिपाल टाँगेर बसेका ३९ वर्षीया नीमदेवी खनाल र ७ वर्षीया कविता भण्डारीको माथिको भिरबाट खसेको ढुंगा लागेर ज्यान गयो । ३६ वर्षीया रत्ना भण्डारी गम्भीर घाइते भएकी छिन् । उनको सुर्खेत प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । कविता आमा रत्नासँगै सुत्न गएकी थिइन् । उक्त घटनापछि पुनः छाउगोठ भत्काउने अभियान सुरु गरिएको छ । 

घटनापछि तातेका जनप्रतिनिधि, स्थानीय, प्रहरी प्रशासन सबै मिलेर शनिबार बारलामा १९ वटा छाउगोठ भत्काइएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार बारलाको तिखापातलमा ५, कुमालीकोटमा ४, सर्पामा ३, आमरुखमा २, गैरीगाउँमा २, ढुंगेबजारमा २ र नावलीमा १ गरी १९ वटा छाउगोठ भत्काइएको छ । बारलाका वडाध्यक्ष छत्रबहादुर शाहीले छाउगोठ भत्काउने कार्यमा जुटेको बताए । जनप्रतिनिधि, राजनीतिक दल, प्रहरी र स्थानीय सबैको साथमा आइतबार बिहानमात्रै ५ वटा छाउगोठ भत्काएको शाहीले बताए । उनले भने, ‘अहिले घटना भएको टोलमा पुगेका छौं । छाउगोठ भत्काएर बढीजस्तो त्रिपालमा बस्ने गरेको देखियो । कोही शौचालयमा बस्ने यस्तो स्थिति छ ।’

अछामका प्रमुख जिल्ला अधिकारी आनन्द सारूले छाउगोठ भत्काउन निर्देशन दिएको र नभत्काइएको पाइएमा लगत संकलन गरी मुद्दा दर्ता गरिने बताए । उनले भने, ‘छाउगोठ भत्काउन सुरु भएको छ । फेरि छाउगोठ बनाउने, छाउगोठमा बस्न बाध्य पार्नेलाई प्रचलित कानुनबमोजिम कारबाहीको प्रक्रिया अगाडि बढ्छ । यस्ता गतिविधि गर्ने सबैलाई मुद्दा चलाइन्छ । सबैलाई मुद्दा चलाएर थुन्नै पर्छ भन्ने छैन । मुद्दाको रेकर्ड रहन्छ । राज्यबाट पाइने सेवासुविधा कटौती हुन्छ ।’ छाउगोठ भत्काउने कार्य र महिनावारी विभेदसम्बन्धी सचेतनाका कार्यक्रमहरू निरन्तर चलिरहनुपर्ने प्रजिअ सारु बताउँछन् । २०७६ मंसिर १६ गते साँफेबगर नगरपालिका–३ की पार्वती बुढा रावतको छाउगोठमा निस्सासिएर मृत्यु भएपछि छाउगोठ भत्काउने अभियानले तीव्रता पाएको थियो । सोही क्रममा जनप्रतिनिधि, प्रहरी, महिला अधिकारकर्मीलगायतले जिल्लाको १० हजारभन्दा बढी छाउगोठ भत्काएका थिए । 

महिला अधिकारकर्मी पशुपति कुँवर छाउपडि कुप्रथाविरुद्ध सार्वजनिक चेतना जगाउन जनप्रतिनिधिहरूको भूमिका सशक्त हुनुपर्ने बताउँछिन् । कुँवरले सामाजिक अभियानहरू चलाउन र यसलाई निरन्तरता दिन ठूलै दुर्घटना कुर्नुपर्ने दुर्भाग्यपूर्ण स्थिति रहेको बताइन् । उनले भनिन, ‘म हरेक पटक सबै पालिका पुगेर सचेतनाका कार्यक्रमहरू गर्नुप¥यो, छाउगोठ भत्काउने कार्य जारी राख्नुप¥यो भन्छु । केही पालिकाबाहेक कसैले पनि सुनुवाइ गरेनन् । कतिपयले पशुपतिले जहिले छाउपडीका मात्र कुरा गर्छे भनेर टार्ने गर्छन् । अभियान सञ्चालन गर्न ठूलै दुर्घटना कुर्नुपर्छ । यो ठूलो विडम्बना हो ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.