आग्रह
मैले
छाड्दै–छाड्दै आफैंलाई
बोकेर यहाँसम्म आइपुगेको हुँ !
नसोध, तिमी...!
बाँकी के छ ?
अवरोध
उडेर जाने भए
चरा झैं !
जान्छौं तिमी कहाँ ?
भेट्छौं तिमी कसलाई ?
हुनेछ को तिमीसँगै/तिम्रै वरिपरि ?
उड्न बाँधेर हूल...!
तर,
अफसोच !
बादल झैं ! त्यो आकाश
सजाउँदैछ को ?
चुँडेर तिम्रै प्वाँख
मृत्यु
सम्हाल्यौं
कसरी यतिका वर्ष ?
बतासले कुन्नि–कतिबेला ?
चुँडाल्ने प्वाँख जस्तै ः
बाँच्दा–बाँच्दै/हाँस्दा–हाँस्दै
खस्नुपर्ने एउटा गहिरो रहस्य... !
प्रतिक्रिया दिनुहोस !