बलिहाङ कप २०२५ इजरायलमा आयोजना हुने
तेलअविव : नेपाली समुदायबीच खेलकुदमार्फत आपसी सम्बन्ध मजबुत बनाउन लक्ष्यसहित बलिहाङ कप २०२५ फुटबल प्रतियोगिता आगामी अक्टोबर १७ र १८ तारिखमा हुने भएको छ। झण्डै ९ वर्षबाट निरन्तर आयोजना हुँदै गरेको यो फुटबल प्रतियोगिताको ८औं संस्करण हो।
एकता र मित्रताको लागि फुटबल भन्ने मूल नारासहित आयोजना हुने प्रतियोगिता ९ ए साइड फुटबल प्रारुपमा सम्पन्न हुनेछ। यस संस्करणमा इजरायलका नेपाली ७ वटा र भारतका नेपाली भाषी २ टिम सहित ९ वटा टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।
झण्डै नेपाली ४ लाख विजेता पुरस्कार राशी रहेको यस प्रतियोगिता इजरायलका प्रवासी नेपाली समुदायको सबै भन्दा प्रतिष्ठित फुटवल प्रतियोगिता हो।
प्रतियोगिता इजरायलको तेलअविवस्थित खेलमैदानमा आयोजना हुनेछ। इजरायलमा रहेका नेपाली युवाबीच आपसी मित्रता, खेल र एकताका लागि यस प्रतियोगिताले महत्वपूर्ण योगदान पुर्याउँदै आएको आयोजकले विश्वास व्यक्त गरेको छ।
प्रतिक्रिया दिनुहोस !