सात महिनामा ३ भीषण आगलागी: आगो नियन्त्रणका लागि छैन दमकल

सात महिनामा ३ भीषण आगलागी: आगो नियन्त्रणका लागि छैन दमकल

अछामः साँफेबगर नगरपालिका-३ हाटबजारमा भीषण आगलागी भएको छ। शनिबार राति पौने ९ बजे लागेको आगो १०:१५ मा नियन्त्रणमा आएको थियो। आगलागीबाट ७ वटा पसल जलेर नष्ट भएका छन्। 

आगलागीबाट सुमन कुँवरको राज्यश्वरी कृषि फर्म, अशोक कुँवरको जुत्ता चप्पल पसल, महेन्द्र कार्कीको किराना पसल, बलबहादुर कुँवरको होटल, कर्ण कुँवरको एग्रोभेट सेन्टर, तपेन्द्र ठकुल्लाको फेन्सी स्टोर र नरेन्द्र गिरिको सिलाई कटाई पसल जलेर नष्ट भएका छन् भने किशोर भाटको मदिरा, चिया नास्ता र गोपाल धामीको चिया नास्ताको पसल आंशिक रूपमा जलेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।  

प्रहरीका अनुसार एउटा पसलबाट विद्युतको तार सर्ट भई आगलागी भएको थियो। स्थानीय निर्माण व्यवसायी गौतम कुँवरको जेसिबि र ईन्द्रसरा आयल स्टोरको पानी ट्यांकरको सहायताले नेपाली प्रहरी, सशस्त्र र स्थानीयको सक्रियतामा आगो नियन्त्रणमा आएको हो। 

गत वैशाख १३ गते सोही ठाउँमा आगलागी हुँदा १० वटा पसल जलेर नष्ट भएका थिए। करिब ३ करोड भन्दा बढीको क्षतिको भएको थियो। यसैगरी गत वर्षको चैत २६ गते बान्नीगढी जयगढ गाउँपालिकाको जयगढ बजारमा आगलागीका कारण ३५ घर पसल जलेका थिए। आगलागीबाट जयगढ बजार खण्डहर बनेको थियो। आगलागीबाट करिब ८ करोड भन्दा बढीको क्षति भएको थियो। आगो नियन्त्रणका लागी मंगलसेन नगरपालिका बाहेक ९ स्थानीय तहसँग दमकल छैन।

साँफेबगर नगरपालिकासँग दमकल नहुँदा बजारवासीहरुले आगलागी घटनाबाट ठूलो क्षति व्यहोर्दै आउनु परेको गुनासो स्थानीयको छ। आगलागीका घटना भएपछि दमकल खरिद गर्ने विषयले चर्चा पाउने गरे पनि केही समयपछि उक्त विषय सेलाउँदै जाने गरेको स्थानीयले गुनासो गरेका छन्। 

चैतमा जयगढबजार, त्यसको लगत्तै बैशाखमा साँफेहाटबजार र करिब ६ महिनापछि शनिबार आज साँफेहाटबजारको सोही ठाउँमा आगलागीको घटना दोहोरिएको छ। शनिबार साँफेहाटबजार लागेको आगो प्रहरी र स्थानीयहरूले पानीको ट्यांकरबाट बाल्टीमा पानी भरेर आगो निभाउने प्रयास गरेका थिए।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.