कैलालीमा सुरू भयो मनोनयन दर्ता,तीनजनाले गराए उम्मेदवारी दर्ता
धनगढी : आगामी फागुन २१ गते हुने निर्वाचनका लागि कैलालीमा मनोनयन दर्ता प्रक्रिया सुरू भएको छ । समाचार तयार पारुन्जेलसम्म तीनजनाले उम्मेदवारी दर्ता गराएका छन् ।
कैलालीको निर्वाचन क्षेत्र नम्बर ५ मा सबैभन्दा पहिला प्यारेलाल रानाले वारेसमार्फत स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका छन् । यस्तै कैलाली ५ कै लागि धनगढीका जनकराज पाठकले पनि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
नेकपा माओवादी विप्लव समूहका बबरजंग सिंहले पनि उमेदवारी दर्ता गराएका छन् । कैलालीमा निर्वाचन अधिकृतको कार्यालयले दल र स्वतन्त्र उमेदवारीका लागि फरक फरक समय छुट्याएको छ ।
प्रतिक्रिया दिनुहोस !