बैतडीमा एमालेका भण्डारी र कांग्रेसका चन्दले गराए उमेदवारी दर्ता
बैतडी: फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बैतडीबाट नेकपा एमालेको तर्फबाट दामोदर भण्डारीले उम्मेदवारी दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर भण्डारीले उम्मेदवारी दर्ता गराएका हुन् ।
प्रतिनिधि सभामा नेकपा एमालेका भण्डारीले लगातार तेस्रो जीत हासिल गरिसकेका छन्।
भण्डारीले २०७९ मा ३३ हजार ६११ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेस माओवादी केन्द्रबीचको संयुक्त गठबन्धनका नरेन्द्र कुँवरले ३२ हजार ८० मत ल्याएका थिए। कुँवरलाई १ हजार ५३१ मतले पछि पार्दै भण्डारीले लगातार तेस्रो पटक जित हात पारेका थिए ।
प्रतिक्रिया दिनुहोस !