अछाममा १६ उम्मेदवार

अछाममा १६ उम्मेदवार
सुन्नुहोस्

अछाम : अछाममा ८ राजनीतिक दलका १५ जना र एक स्वतन्त्र उम्मेदवार गरी १६ जनाले उम्मेदवारी दर्ता गराएका छन्।  अछाम १ मा नेपाली कांग्रेसका पूर्वजिल्ला पार्टी सभापति भरतकुमार स्वाँर, नेपाली कम्युनिस्ट पार्टीका भीमबहादुर रावल, नेकपा एमालेका दीपकबहादुर साउद, राष्ट्रिय स्वतन्त्र पार्टीका ओमप्रकाश रावल, नेपाल मजदुर किसान पार्टीका सुरेन्द्र शाही, राष्ट्रिय प्रजातन्त्र पार्टीका लोकेन्द्रबहादुर शाह र स्वतन्त्र भीमबहादुर कुँवरले उम्मेदवारी दर्ता गराएका छन्।

अछाम २ मा नेपाली कांग्रेसका जिल्ला पार्टी सभापति पुष्पबहादुर शाह,नेपाली कम्युनिस्ट पार्टीबाट बलबहादुर कुँवर, एमालेका यज्ञबहादुर बोगटी, राष्ट्रिय स्वतन्त्र पार्टीका भूपदेव शाह, नेपाल मजदुर किसान पार्टीका झंकर शाही,नेकपा माओवादीका शेरबहादुर विक, राष्ट्रिय प्रजातन्त्र पार्टीका मीनबहादुर शाही, प्रगतिशील लोकतान्त्रिक पार्टीका पुष्पराज न्यौपाने र उज्यालो पार्टीका राजेश रावलले उम्मेदवारी दर्ता गराएका छन्।

अन्तिम समयमा आएर नेपाली कम्युनिस्ट पार्टीले उम्मेदवार फेरेको छ। अछाम क्षेत्र नं २ मा नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवार बनेका शरद्सिंह भण्डारीले उम्मेदवारी फिर्ता लिएपछि बलबहादुर कुँवरलाई उम्मेदवार बनाएको हो। नेपाली कांग्रेसका महासमिति सदस्य रहेका कुँवर नेपाली कांग्रेस परित्याग गरी नेकपाबाट उम्मेदवार बनेका हुन्। कुँवर २०७० को सविधानसभा निर्वाचन र २०७४ को प्रदेशसभा निर्वाचनमा पराजित भएका थिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.