डडेल्धुरामा रास्वपाको अग्रता, कांग्रेस तेस्रो
डडेल्धुरा : नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अग्रता कायम गरेको छ। यहाँ रास्वपाका उम्मेदवार डा.ताराप्रसाद जोशीले १ हजार ५२ मतसहित अग्रता लिएका छन्।
नेपाली कांग्रेस उम्मेदवार नैनसिंह महरले ५०८ मत प्राप्त गरेका छन्। नेपाली कम्युनिष्ट पार्टी नेकपाका उम्मेदवार मानसिंह मालले ५३० मत प्राप्त गर्दा नेकपा एमालेका चक्रप्रसाद स्नेहीले ३१७ मत प्राप्त गरेका छन्।
हालसम्म २ हजार ६०० मत गणना भएको छ। जसमा १४७ मत बदर भएका छन्।
प्रतिक्रिया दिनुहोस !